back
CTIZAN AD

कान खोलेर सुन्नुहोस् नेताजीहरू हो

वि.सं.२०७७ असोज २३ शुक्रवार

1.5K 

shares

तपाईका ईमान्दार, सच्चा समर्थक शुंभचिन्तक र असल कार्यकर्ताको दिनरातको लगातारको चुनावी खटनले सर्वसाधारण मतदातालाई तिनले विश्वास दिलाएर तपाईलाई विजयी बनाएका हुन्, तपाईहरू मतदाताको नासो मात्र हो ।

तपाईहरूका सही क्रियाकलापले कार्यकर्ता, समर्थक र मतदाताको शीर ठाडो हुन्छ र कुकर्मले तिनको शीर निहुरिन्छ। जे मन लाग्यो गर्न तपाईहरूले छुट पाउनु हुन्न । मुलुकभरिका कमसे कम आफ्ना मतदाताहरूको ईज्जत गर्नुहोस् । तपाईका काम कुराले मतदातालाई समाजमा छिस् छिस् तपाईका नेता त कस्ता निर्घिणी निर्लज्ज भन्ने गरी लज्जित हुन नदिनुस्। तपाईका हरेक क्रियाकलापले मतदाताको सासको धडकन बढघट हुने गरेको हुन्छ । मुलुक बनाउने मौका पाउनु अहोभाग्य हो, बरदान हो । खेलाँची गरेर समय नबिताउनुस्। मतदातालाई दिक्दार र हरेस नखुवाउनुस् । मन्त्रीहरू बोल्दा कम बोल्नुस्, काम बढी गर्नुस्, शालिनढंगमा मिडियामा प्रस्तुत हुनुहोस् , नभए मिडियामा अनुहार नदेखाउनुहोस्, नआउनुहोस् । कर्कस स्वभावका मान्छेहरू नेता, मन्त्री, सल्लाहकार हुनलायक हुदैनन्, ती पदयोग्य हुदैनन्, पदकै गरिमाबिहिन बन्न जान्छ।

अहिले प्रम ओली र अध्यक्ष प्रचण्ड बोल्दा मानिसहरू गंभीर हुन छाडेको देखिदै छ, यो राम्रो संकेत हैन । जनतालाई सक्कली रूपमा हसाउन अरू थुप्रै हास्य कलाकारहरू लागिपरेकै छन् ।  नेताहरूले हसाएको त्यति सुहाउदो रहेनछ, सेन्स अफ ह्युमर त चाहिन्ंच तर घरिघरि हसाउन खोज्नु नक्कली उत्ताउलो लाग्दोरहेछ । गम्भीर बनेको देखिदा नाटक लाग्दो रहेछ। ठोस कुरा यसरी यति बोलून् ताकि जनता उत्प्रेरित तथा आशाबादी बनून्, विश्वासको परिमाण हर्लक्क बढोस्। तिनले चुपचाप काम गरून, बरू नबोलून्, बोल्नै परे प्रवक्ता मार्फत सन्देशहरू प्रवाहित गरून् । के के गर्दैछु त्यो हैन, कसरी राज्य संयन्त्रको जहाज पाईलट बनी यो यो विंधि अपनाई उडाईदै छ त्यसबारे प्रष्ट विश्वाशिलो पारामा बोलून्, त्यसमा मात्र जनतालाई सरोकार छ । संयन्त्र हाक्न नआउदा गन्तव्यमा आफै पुगिदैन, चटकेले पुर्याए अर्कै कुरा होला  !

भ्रष्टाचारी सुध्रेलान र भ्रष्टाचार निर्मूल होला वा भ्रष्टलाई जेल हाल्दै गए भ्रष्टाचार हट्ला भन्ठान्नु वा आशगर्नु मूर्खता हो। भ्रष्टाचार अर्थतन्त्र बनिसकेपछि यसको परिवेश र वातावरण माथि अर्थतन्त्रीय पद्दतिबाट निर्मम प्रहार गर्नुपर्छ र त्यो टाउको बाटै गर्नुपर्छ । माछा कुहिन टाउको बाटै सुरू गर्छ, पेट वा पुच्छरतिरबाट कुहिन्न । टाउकोमा प्रहार गर्ने प्रविधि खोज गरेर त्यसलाई संचालन गर्ने स्वचालित सफ्टवेयर डिजाईन तथा निर्माण गर्नुपर्छ ।

नेपालको होलसेल समस्या शीर देखि पैतालासम्म भ्रष्टाचार रोग हो । अन्य सबै मुलुकका यावत बिकृतिहरू त्यसका बाह्य लक्षणहरू मात्र हुन् , जसले भ्रष्टाचारको गम्भीर रोग लागेको बताईरहेका मात्र हो। भ्रष्टाचारमा ५ पात्रको गठजोड हुने भएकोले यसलाई सखाप पार्न सिरिजमा सशक्त शल्यक्रियाहरू गर्नुपर्ने हुन्छ, अख्तियार आयोग त बिचरा एउटा सानो अंग मात्र हो ।

भ्रष्टाचारमा ५ पात्र हुन्छन् नेता, बाबु (कर्मचारी वा सरकारी पदाधिकारी), लाला (व्यापारी तथा उद्योग), झोला (एनजीओ) र दादा(डन)हुन् ।

वि.सं.२०७७ असोज २३ शुक्रवार ०९:१० मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...