
लामो समय कामविहीन हुनुपरेपछि ऊ अप्ठ्यारोमा पर्यो ।
‘कसरी बांच्ने ?’ ‘कतै खानै नपाएर मरिने त होइन ?’ ऊ सोंच्न थाल्यो ।
‘हैन, मर्नु हुन्न, जुक्ति निकाल्नुपर्छ’, ‘अब माग्ने’ ।
ऊ माग्ने बनेर गाउँपस्यो ।
‘यस्तो सध्य मान्छेले पनि मागेर खान सुहाउँछ ? हातगोडा चल्नेले त काम गरेर खानु नि ! लाज लाग्दैन यसरी हिंड्न ?’
‘काम नपाएकाले माग्नु परेको हो हजुर ! रहरले त को पो माग्ने बन्छ र ?’
‘त्यसो भए यतै बस, थुप्रै काम छ’
‘शहरमा बस्ने बानी परिसक्यो हजुर, गाउँ त कामगर्ने दुःखैले छाडेको हुं ।’
वि.सं.२०७७ असोज २४ शनिवार ०९:४९ मा प्रकाशित