
असारमा रोपाइ शुरु भएको वेला
विरामीको बहानावाजी गरेर
घरमै शिरक ओडेर सुत्नेहरु
भदौको खडेरीमा रोपेको धान
खडेरीमा राताम्मे हुँदा पनि
उनीहरू ओेछ्यानमै सुतेर
धानको बेहाल सुनि रहेका थिए
तर गाउँलेहरुले पर डाडापारिको खोलावाट
दुखःकष्ट गरेर कुलो (नहर) वाट पानी ल्याएर
धानबालीमा सिंचित गरे
धान हलक्कै बढ्यो मल जल गरेर
तर उनीहरु भर्खर आँखा मिच्दैथिए
के थाहा उनीहरुलाई
धान रोप्दाको, पानी ल्याई गोडमेल गर्दाको दुख कष्ट ?
अहिले खेतमा धानका पहेलपुर, झुप्पा झुप्पा परेको छ,
लहलह बालाहरुले खेतलाई रमणीय वनाएको छ,
गाउँमा धान काट्ने र बाली भित्राउने क्रम शुरू भएको छ
अहिले तिनै शिरक ओड्नेहरु
वास्मती धानको चामल मिठो-मिठो मानी खाइरहेका छन्
अहिले गाउँ घरमा
तिनै वास्मती चामलको खाना खानेहरुको चर्चा छ,
मिठो मसिनो खाने खान्दानी खलक भनेर,
तर ती दुखः कष्ट साथ श्रम गर्ने
हलो जोत्ने, आली लगाउने, बाउसे र रोपारहरुको त
यो महामारीमा, भोकमरीमा नाम निशान नै छैन
खाली चर्चा छ, तिनै शिरक ओड्नेहरुको,
पाकेको वाली खानेहरुको ।।
वि.सं.२०७७ असोज २४ शनिवार ०९:५१ मा प्रकाशित