back

कविता: दिन काटिरहेछु

वि.सं.२०७७ असोज २४ शनिवार

465 

shares

तिमीले के के काट्यौ कान्छा !
मैले दिन काटिरहेछु छ्याक छ्याक् छ्याक छ्याक्
तिमीले नेटो काट्दा
मैले लख काटिरहेथेँ
तिमीले पनि पक्का कुरा काटिरहेछौ
यस्तै हुन्छ विछोडपछिका अवस्थाहरु
रहन मुश्किल छ अडकल नकाटी
मेरै नाक काटिरहेथे त्यसपछि,
छिनो बदनामको हम्मर चोटको लिएर,
चौतारोमा बसेर मान्छेका छायाहरु ठ्याङ ठ्याङ
काटिरहेथे मेरै छाया ।
मैले दिनहरु काटेर,
केही रङ बनाएँ,
केही कालो केही रातो
केही हलो बनाएँ,
तीखो धारिलो,
धरती नच्याती उम्रन नयाँ दिनहरु,
मैले दिनहरु काटेर
टुक्रा टुक्रा पारें
बटुल्ने कैले जोड्ने कैले ।
हजुरआमा पिँढीमा बसेर बत्ती काट्दैछिन्,
ढुङ्गा काट्दैछन् बा !
हजुरआमाले त लाखबत्ती बाल्ने रे,
बा भने आफूलाई बनाउन नसकेर ढुङ्गा काटेर,
आजित भएका भए,
आफूलाई ढुङ्गामा कुद्न नसकेर ।

वि.सं.२०७७ असोज २४ शनिवार १०:०३ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...