back

कविता: आस्थाको जुलुस

वि.सं.२०७७ असोज २४ शनिवार

888 

shares

समयले भत्काएको सानू कटेरोमा
भँगेरे भाटोविना बास बस्न अशुभ मानिन्छ भन्छन्
तर यो बाध्ताहरूको नियमितता हो,
गास, बास र कपासको अन्तिम सन्धी हो
भोको भएर निर्जीव हुनुभन्दा
भोक पचाएर वलिदान गर्नु ठीक हो
आफ्नै हृदयमा सबैले सतहमा देख्न सक्ने उज्यालो वस्ती छैन
संसार निशा मात्रै भएको वेला कल्पनाको चाँदनी छैन
जीवनको भर्भराउँदो र कल्कलाउँदो सृष्टिबीज
नारी यौवनलाई यहाँ सुरक्षा छैन
हत्या र हिँसा, तस्करीलाई कानून छैन
जीवनको आयामिक पाटामा न्यायको पारिलो घाम छैन ।

यसैले,
हाम्रो नागरिकता हुनु
देश हुनु
जनगणनामा हुलिया हुनु
नेपाली जनता भएर परिभाषा र प्रकार हुनु
तर राज्यको लागि सबै भइदिएर पनि
हाम्रै लागि कुनै पहुँच नहुनु
एउटा निरीह आस्थाको जुलुस मात्र हो ।

अब उठ्नुपर्छ,
आस्थाको आकाश ओड्न छोडेर,
हामीलाई यतिखेर रामको राज्य चाहिएको छैन
केवल राम शाहको तराजु र गावाक चाहिएको छ
र अब उठ्नुपर्छ,
कानूनले दिएको तथाकथित तल्लो वर्ग भनिएकाहरू हो !
हामीले नै चेतनाको शान्तिकामी जुलुसको राँको सल्काउनुपर्छ ।

इन्दुको शीत नसुक्दै
भाले नबास्दै,
हाम्रा हृदयको आँखाले देख्न नसक्ने क्षितिजहरूमा
चेतनाको झिल्का पुर्याउनुपर्छ ।

साँच्चै शुभकर्मको शुरुवात नै विहान हो
वेलुकी त राज्यसत्ताका स्यालहरूले
काडेको रालको व्यावस्थापन गर्ने समय मानिन्छ ।

हामी जनताको भोग र भाग खोस्न होइन
आधा पेट, नाङ्गो आङ र झरीबादलको
बूँद नखस्ने ओत जुटाउन अब जुट्नुपर्छ ।

नागरिक हुँदाको अनागरिक व्यावहार
परिवर्तन गराउनुपर्छ
र क्रान्तिको दीयो सल्काउनुपर्छ
न्यायप्रेमीहरू हो !
अन्याय सहनु पनि पाप हो
अन्याय गर्नु पनि पाप हो
उठौँ, अब उठौ
यथास्थितिको सीमा भत्काउनुपर्छ
यदि यही कुटील दासत्व स्वीकार गर्नु भनेको
एउटा निरीह आस्थाको जुलुस मात्र हो ।

अब निसन्देह जुट्नुपर्छ,
राज्य भनेको भावना र कल्पना मात्रै हुँदै होइनन्-
हामीले यो निश्चित भूगोलमा
जनता, मताधिकार र सार्वभौमसत्ता सम्पन्न
स्वचालित राष्ट्र खोज्न
छिट्टै विचारको खेतीमा मानवीय चेतना उमारेर
प्रविधिको सागरमा मथ्नुछ
प्रत्येक सर्वाहारा नागरिकको गुलाबी उमेरमा
कालकुट विष र पीयूषको समभाव देखाउनु छ
र सर्वमान्य अभिमतसहितको
भावनात्मक आमूल परिवर्तनको नयाँ माला उन्नुछ
यो त हामी आफैँले माग्ने समय हो
यो राज्यको लाचारीपन तोड्ने बेला हो
नत्र हाम्रै पसिनाले बाँचेका किर्नाहरूलाई
हामीले नै पाल्नु भनेको
एउटा निरीह आस्थाको जुलुस मात्र हो ।

हामीले रक्षात्मक एउटा खेलाडी हटाएर
आत्मघातीहरूको जत्थालाई मताधिकार सुम्पियौँ
अनि,
गुनासो, असन्तुष्टी, आग्रहपूर्वाग्रह,
ईर्ष्या आदि मात्र हृदयभरि साँच्यौँ
न पायौँ, न बचायौँ
एउटा निरीह आस्थाको जुलुस !!

वि.सं.२०७७ असोज २४ शनिवार १०:१० मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...