back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ असोज २४ शनिवार

777 

shares

१.
त्यही कुरामा कल्पिएर रुन म सक्दिन
यो जुनीमा तिम्रो मान्छे हुन म सक्दिन
र त असमर्थ जनाएँ तिम्रा ती शर्तमाथि
चन्द्रमालाई टिपेर ल्याउन म सक्दिन ।
२.
आफ्नै मातृभूमिमा बसी, परिश्रम गरेकै राम्रो
यो देश प्यारो लाग्नुपर्छ, डाँडा पहरा लेकै राम्रो
राहदानी बनाई विदेश लम्किनेलाई अनुरोध छ–
देशमा भविष्य नदेख्नेले नेपाल नसम्झेकै राम्रो ।
३.
मान्छेको रौनक चुरीफुरीको छुट्टै गुनासो छ
छुटकारा अनि मजबूरीको छुट्टै गुनासो छ
यहाँ सुन्ने र बुझ्ने मात्र, नभएको न हो यारा–
हेर्नुस् अचानो र खुकुरीको छुट्टै गुनासो छ ।
४.
यस्ता विषयमा चुनौति, मोल्न अलि गाह्रै मान्छन्
कुन् सही कुन् गलत, छिचोल्न अलि गाह्रै मान्छन्
नोट र भोटमा सजिलै बिक्ने समाज छ हाम्रो पनि
निमुखाको पक्षमा रही, बोल्न अलि गाह्रै मान्छन् ।
५.
यी घटनाहरू दोहोरिनुमा ठूलै मान्छेको हात हुन्छ
कोखिलामा छुरा बोक्छन् मुखमा मीठो बात हुन्छ
एकातिर सिटामोल नपाएर बिरामी छट्पटिन्छन्–
अर्कोतिर रिबन काट्नेहरुको रौनक, जमात हुन्छ ।

वि.सं.२०७७ असोज २४ शनिवार १०:११ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...