back
CTIZAN AD

यस्तो लापरबाही अस्पतालले गर्न मिल्दथ्यो ?

वि.सं.२०७७ असोज २५ आइतवार

651 

shares

२५ असोज । सुन्ने र भोग्ने कुरा अत्यन्तै फरक रहेछन् । अस्पतालका लापरबाहीका घटना सुनिरहँदा बानी परेजस्तो पनि भएको थियो । तर आफै र आफ्ना माथि पर्दा सुनेको भन्दा आकाश पाताल फरक हुँदो रहेछ ।

दाजु (भानिज जेठाजु) ई. सरोज कुमार देवकोटा केही दिन देखि बिरामी हुनुहुन्थ्यो । यसैक्रममा आफु पनि सम्लग्न भएको विपि अस्पतालमा बसुन्धरामा भर्ना भई उपचाररत हुनुहुन्थ्यो । यो महामारीको समय भएकोले न कोरोना हो शंका लाग्नु र जचाउनु अश्वभाविक भएन । जचाँउदा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । दाजुमा सुधार हुदै थियो । अक्सिजन लेवलचै कमै थियो । दिदी (उहाँको श्रीमती) सँगै कुरा हुदा कमजोर भएकोले होला प्रेष्टेटले अलि दुःख दिएको छ भन्नू हुन्थ्यो ।

बिहान अमेरिकाबाट अर्को दिदीले दाजुको महाप्रस्थानको कुरा सुनाउदा हामी स्तब्ध भयौँ । धेरै ठुलो चोटलाग्दा शरिरले दुखेको थाहा नपाए झै हाम्रा आँखा आँशु झार्न पनि असमर्थ भए । के गर्ने ? कसो गर्ने ? भुलुक्क छातिमा केही हल्लिएको र दौडिएको जस्तो भयो ।

सवाँलिदै र भक्कानिदै फोन संवाद हुदा झन आश्चर्यमा पर्यौ । ‘रातको दुई बजे कोभिड रिपोर्ट पोजेटिभ आयो भनेर कोभिड वाडमा सारिएको रहेछ ।’ जुन बिरामीको अक्सिजन मात्र कम भएर अक्सिजन दिरहेको छ त्यस्तो बिरामीलाई अक्सिजन विना कसरी राखियो ?

दश महिना देखि चलेको कोभिड-19  को महामारी , यस्का लागि सरकार वा स्वस्थ संस्थाहरूको पुर्व तयारी के के भयो त ? के कोभिड वाडहरू मान्छेका आँखामा छारो हाल्न मात्रै बनाईएका हुन त ?

होईन भने स्वास्थकर्मिले समेत डाईपर लगाएर काम गरेका समचारहरू पढिरहँदा बिरामीलाई शौचालय जान किन लगाईयो ?  यस्तो लापरबाही अस्पतालले गर्न मिल्दथ्यो ? शोचालय जाँदा लडेको उहाँलाई उठाउने सम्म मानवीयता किन देखाईएन ?

आफै सम्लग्न भएको अस्पतालमा समेत सहयोग नपाउनु र बिरामी दम्पती एक्लै आफुलाई सम्हाल्लन असमर्थ भएर परिवारका सदस्य डाक्नु पर्ने अवश्था आउनु निन्दनिय कार्य हो । अस्पताल बस्ने भनेको बिरामीलाई असहज भएमा सहयोग छिटो छरितो किसिमले उपचार पाउछन् भनेर होईनर ?

अनि घरैबाट परिवारको सदस्य गएर आवश्यक अक्सिजन खोज्नृ  लगाउने र बेडमा राख्ने काम गर्नु पर्ने हो भने अस्पताल चै केका लागि ? पैसा तिर्नका लागि मात्रै हो र ?

सिटिईभिटीका पुर्ब उपाध्यक्ष ,नेपाल इन्जिनियर्स एसोसिएसनका पुर्व अध्यक्ष तथा सेंटर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN)का संस्थापक अध्यक्ष जस्तो गरिमामय पदमा रहिसकेको र स्वयं त्यहीँ अस्पतालसँग आवद्ध मानिस त उपचार नपाए र संसार छोड्नु पर्ने रहेछ भने हामी जस्ता हाम मान्छेको हालत के होला ?

सरल ,सहज र शालीन स्वभावको दाजु अरू अस्पताल जाने भन्दा पनि आफ्नै अस्पताल र आफ्नै चिनारू डक्टरहरूको भर पर्नु भयो । तर त्यहीँ यस्तो लापरबाही भयो । आफ्ना कोही हुदा रहेनछन् दाजु ।

यो भवसागरबाट, यहाँले त मुक्ति पाएर अर्कै दुनियाँमा जानू भयो । हजुरको अनन्त यात्रा शान्तिपूर्ण रहोस । दिदी छोरा बुहारीलाई र समस्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस ।

यस्को दोष अस्पताल र सहकर्मी साथीहरूले लिनु पर्दैन र दाजु ? अस्पताल र स्वास्थकर्मिले यस्को सत्य तथ्य बाहिर ल्याओेस् भन्ने हाम्रो माग ।

वि.सं.२०७७ असोज २५ आइतवार १२:०० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...