२५ असोज । सुन्ने र भोग्ने कुरा अत्यन्तै फरक रहेछन् । अस्पतालका लापरबाहीका घटना सुनिरहँदा बानी परेजस्तो पनि भएको थियो । तर आफै र आफ्ना माथि पर्दा सुनेको भन्दा आकाश पाताल फरक हुँदो रहेछ ।
दाजु (भानिज जेठाजु) ई. सरोज कुमार देवकोटा केही दिन देखि बिरामी हुनुहुन्थ्यो । यसैक्रममा आफु पनि सम्लग्न भएको विपि अस्पतालमा बसुन्धरामा भर्ना भई उपचाररत हुनुहुन्थ्यो । यो महामारीको समय भएकोले न कोरोना हो शंका लाग्नु र जचाउनु अश्वभाविक भएन । जचाँउदा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । दाजुमा सुधार हुदै थियो । अक्सिजन लेवलचै कमै थियो । दिदी (उहाँको श्रीमती) सँगै कुरा हुदा कमजोर भएकोले होला प्रेष्टेटले अलि दुःख दिएको छ भन्नू हुन्थ्यो ।
बिहान अमेरिकाबाट अर्को दिदीले दाजुको महाप्रस्थानको कुरा सुनाउदा हामी स्तब्ध भयौँ । धेरै ठुलो चोटलाग्दा शरिरले दुखेको थाहा नपाए झै हाम्रा आँखा आँशु झार्न पनि असमर्थ भए । के गर्ने ? कसो गर्ने ? भुलुक्क छातिमा केही हल्लिएको र दौडिएको जस्तो भयो ।
सवाँलिदै र भक्कानिदै फोन संवाद हुदा झन आश्चर्यमा पर्यौ । ‘रातको दुई बजे कोभिड रिपोर्ट पोजेटिभ आयो भनेर कोभिड वाडमा सारिएको रहेछ ।’ जुन बिरामीको अक्सिजन मात्र कम भएर अक्सिजन दिरहेको छ त्यस्तो बिरामीलाई अक्सिजन विना कसरी राखियो ?
दश महिना देखि चलेको कोभिड-19 को महामारी , यस्का लागि सरकार वा स्वस्थ संस्थाहरूको पुर्व तयारी के के भयो त ? के कोभिड वाडहरू मान्छेका आँखामा छारो हाल्न मात्रै बनाईएका हुन त ?
होईन भने स्वास्थकर्मिले समेत डाईपर लगाएर काम गरेका समचारहरू पढिरहँदा बिरामीलाई शौचालय जान किन लगाईयो ? यस्तो लापरबाही अस्पतालले गर्न मिल्दथ्यो ? शोचालय जाँदा लडेको उहाँलाई उठाउने सम्म मानवीयता किन देखाईएन ?
आफै सम्लग्न भएको अस्पतालमा समेत सहयोग नपाउनु र बिरामी दम्पती एक्लै आफुलाई सम्हाल्लन असमर्थ भएर परिवारका सदस्य डाक्नु पर्ने अवश्था आउनु निन्दनिय कार्य हो । अस्पताल बस्ने भनेको बिरामीलाई असहज भएमा सहयोग छिटो छरितो किसिमले उपचार पाउछन् भनेर होईनर ?
अनि घरैबाट परिवारको सदस्य गएर आवश्यक अक्सिजन खोज्नृ लगाउने र बेडमा राख्ने काम गर्नु पर्ने हो भने अस्पताल चै केका लागि ? पैसा तिर्नका लागि मात्रै हो र ?
सिटिईभिटीका पुर्ब उपाध्यक्ष ,नेपाल इन्जिनियर्स एसोसिएसनका पुर्व अध्यक्ष तथा सेंटर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN)का संस्थापक अध्यक्ष जस्तो गरिमामय पदमा रहिसकेको र स्वयं त्यहीँ अस्पतालसँग आवद्ध मानिस त उपचार नपाए र संसार छोड्नु पर्ने रहेछ भने हामी जस्ता हाम मान्छेको हालत के होला ?
सरल ,सहज र शालीन स्वभावको दाजु अरू अस्पताल जाने भन्दा पनि आफ्नै अस्पताल र आफ्नै चिनारू डक्टरहरूको भर पर्नु भयो । तर त्यहीँ यस्तो लापरबाही भयो । आफ्ना कोही हुदा रहेनछन् दाजु ।
यो भवसागरबाट, यहाँले त मुक्ति पाएर अर्कै दुनियाँमा जानू भयो । हजुरको अनन्त यात्रा शान्तिपूर्ण रहोस । दिदी छोरा बुहारीलाई र समस्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस ।
यस्को दोष अस्पताल र सहकर्मी साथीहरूले लिनु पर्दैन र दाजु ? अस्पताल र स्वास्थकर्मिले यस्को सत्य तथ्य बाहिर ल्याओेस् भन्ने हाम्रो माग ।
वि.सं.२०७७ असोज २५ आइतवार १२:०० मा प्रकाशित






























