back
CTIZAN AD

पर्वत-रुपन्देही सेवा समाजद्धारा पौडेलका परिवारलाई १० लाख बढी आर्थिक सहयोग

वि.सं.२०७७ असोज २७ मंगलवार

861 

shares

२७ असोज, बुटवल । असोज ७ गते राति तिनाउ नदिको छेउमा अचेत अबस्थामा फेला परेका र असोज ९ गते निधन भएका स्व. चन्द्रपौडेलको परिवारलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

पर्वतबाट रुपन्देही आइ बसोबास गर्ने पर्वतेलीहरुको संस्था पर्वत रुपन्देही सेवा समाजको पहलमा जुटेको १० लाख १५ हजार ७४७ रुपैया स्व. चन्द्र पौडेलको श्रीमतीलाई हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा पौडेलको पारिवारिक अबस्थालाई मध्यनजर गर्दै पर्वत रुपन्देही सेवा समाजले नेपालभित्र र नेपाल बाहिरबाट समेत रकम संकलनको प्रवन्ध मिलाई आर्थिक सहयोग संकलन गरेको अध्यक्ष रामकृष्ण शर्माले बताएका थिए भने समाजका निवर्तमान अध्यक्ष लोक शर्मा वस्यालले पर्वत समाजले पहिल्यैदेखि नै दुःख सुख साटासाट गर्दै आएको स्मरण गराएका थिए ।
कार्यक्रममा महासचिव मिना न्यौपाले दुखद घटनाले दिएको चुनौतीका वावजुद केहि आर्थिक सहयोगले परिवारजनमा थोरै भए पनि राहत हुने बिश्वास ब्यक्त गरेकी थिइन् ।

समाजका सचिव सागर बस्याल, सदस्य सरु रेग्मी, महिला समिति अध्यक्ष विष्णु माया भट्टराई सहित समाजमा आवद्ध ब्यक्तिहरुको उपस्थितिमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा ५ जना छोरीहरुको भविष्यका लागि सबैको थप ध्यान हुने प्रतिबद्धता ब्यक्त गरिएको थियो । रुपन्देही बाहेक पोखरा, काठमाण्डौ र बिदेशमा रहेका पर्वतेलीहरु समेतले सहयोग गरेको बताइएको छ ।

पर्वत रुपन्देही सेवा समाजले रुपन्देहीका अधिकांश पालिकामा समिति गठन गरी सामाजिक कार्य गर्दै आएको छ । अध्यक्ष रामकृष्ण शर्मा तथा कार्यसमितिको बिशेष सक्रियताका कारण एउटा उत्कृष्ट उदाहरण संप्रेषित भएको छ ।

वि.सं.२०७७ असोज २७ मंगलवार ०९:२८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...