back
CTIZAN AD

कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय छ दिनका लागि बन्द

वि.सं.२०७७ असोज २८ बुधवार

690 

shares

२८ असोज, रामेछाप । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकैदिन १७ जनामा कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।

केही दिनयता मन्थली बजारमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना सङ्क्रमण उच्च बन्दै गएको छ । मन्थली बजार क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि दिनप्रतिदिन भीड बढने क्रम घटेको छैन । नागरिकले मास्क प्रयोग र सामाजिक दूरी कायम नगर्नु सङ्क्रमण बढ्नाको मुख्य कारण छन् ।

नगरपालिकाले यही असोज २८देखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताए । नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरिएका सङ्क्रमित हुनेको सङ्ख्या १३४ पुगेको छ । तीमध्ये ६७ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

यस्तै रामेछाप स्थायी घर भई काठमाडौंँलगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३३ र पुरुष ८७ गरी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म दुईहजार २४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई ध्यानमा राखी जिल्लामा अहिलेसम्म १०८ शय्याको आइसोलेशन कक्ष र ४९० शय्याको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

वि.सं.२०७७ असोज २८ बुधवार १३:२४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...