back
CTIZAN AD

बीउ उत्पादनबाट लाखौँ आम्दानी

वि.सं.२०७७ असोज २८ बुधवार

1.6K 

shares

दैलेख, २८ असोज । दुर्गम गाउँका किसानले हाइब्रिड बीउ उत्पादन तथा बिक्री गरेर बर्सेनि लाखौ मूल्यबराबरको आम्दानी गर्न सफल भएका छन् । दुल्लु नगरपालिका वडा नं। १३ का पौरखी किसान विष्णुबहादुर शाहीसहित ८० जनाको समूहले यस्ता बीउ उत्पादन र बिक्री वितरण गर्दै आएका हुन् ।

किसान शाही अहिले आफूले उत्पादन गरेको सृजना हाइब्रिड टमाटरको बीउ सुकाउने तरखरमा छन् । उनले एक किलोग्राम यो बीउ रू ५५ हजारमा बिक्री हुने बताउनुभयो । यो वर्ष समूहका सबै मिलेर १० किलोग्राम बीउको माग पूरा गर्नुपर्ने छ । कृषक शाहीले भने, “हामीले हातेमालो सहकारीमार्फत बीउ उत्पादन गर्ने गरेका छौँ, प्लास्टिकको घरमा हाइब्रिड बीउ निकाल्न निकै मेहनत गर्नुपर्दछ ।”

सहकारीमा आबद्ध २८० किसानमध्ये गत वर्षदेखि ८० किसानले टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायत बीउ उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गत वर्ष रू ८० लाखको बीउ बिक्री गरेका त्यहाँका किसान यो वर्ष रू १ करोड २० लाखको बीउ बिक्री गर्ने तयारीमा छन् । उत्पादित बीउ सिए सिड कम्पनीले खरिद गर्दै आएको छ । एउटा किसानले न्यूनतम रू ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।

कृषि विकास कार्यालयले बीउ उत्पादनका लागि पक्की प्लास्टिक घर निर्माणसँगै प्रविधिमा पनि सहयोग गर्दै आएको उक्त कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । अहिले उक्त कार्यालय र सहकारीको साझेदारीमा रू २० लाखको लगानीमा १२ वटा पक्की टनेल निर्माण गरिएको छ । यसले बीउ उत्पादनमा निकै सहयोग पुग्ने सम्बद्ध किसानले बताए ।

बीउ उत्पादनबारे जानकारी लिन कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले स्थलगत अवलोकन गरे । किसानले उत्पादन गरेको बीउको प्रवर्धनसँगै प्याकेजिंङको व्यवस्थापन गर्न प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताए । रासस

वि.सं.२०७७ असोज २८ बुधवार १५:४५ मा प्रकाशित

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य