३० असोज, काठमाडौँ । किंग्स इलेवन पंजाबले यस आईपिएलमा दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा रोयल च्यालेन्सर्ज बेङ्गलोरलाई ८ विकेटले पराजित गदैँ पंजाबले दोस्रो जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन बनाएका थिए भने पंजाबका लागि बलिङ्गमा मोहम्मद शमी र मुरुगन अश्विनले सर्वाधिक २/२ विकेट लिएका थिए ।
बेङ्गलोरले दिएको १७२ रनको लक्ष्य पंजाबले पुरै २० ओभर खेल्दैँ २ विकेट गुमाएर पुरा गर्यो । पंजाबका लागि कप्तान केएल राहुल र यस आईपिएलमा पहिलो खेल खेलिरहेका क्रिस गेलले अर्धसतक बनाएका थिए । क्रिस गेल ५३ रन बनाएर रनआउट भएका थिए भने कप्तान केएल राहुल ६१ रन बनाएर नटआउट रहेका थिए ।
जितसँगै पंजाबले ८ खेलबाट ४ अकं जोड्को छ ।
वि.सं.२०७७ असोज ३० शुक्रवार ०९:३२ मा प्रकाशित



























