back
CTIZAN AD

अर्मेनिया र अजरबैजानबीचको युद्धविराम पालना भएन, आक्रमण जारी

वि.सं.२०७७ असोज ३० शुक्रवार

723 

shares

३० असोज । अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना हुन नसकेको बताइएको छ ।यसबाट उक्त क्षेत्रमा हमलाहरु अहिले पनि जारी रहेका छन् । यसै हप्तामात्र युद्ध विरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको थियो ।

रुसका रक्षामन्त्री सेर्गेइ सउगीले अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलामा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गरेका थिए ।तर पनि रुसको पहलमा करिब दुई हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर भएको युद्ध विरामको पालना हुन नसकेको बताइएको छ ।

उक्त युद्ध विरामको उल्लंघन भइरहेको र पछिल्ला यी आक्रमणहरुमा परी अजरबैजानका मात्र ४३ जना सर्वसाधारणको ज्यान गएको बताइएको छ ।रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरु पछिल्ला केही दिन यता देखि नै आइरहेका छन् ।

नागोर्नो काराबाख क्षेत्रमा अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा सयौँ व्यक्ति हताहती भएका छन् । अजरबैजानले आफ्नो तर्फबाट सर्वसाधारण नागरिक ४३ जना मारिएको बताएको छ ।
गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सयभन्दा बढी सैनिक मारिएको दाबी स्थानीय काराबाख प्रशासनले गरेको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन् । उता अजरबैजानले पनि अर्मेनियाले युद्धविरामको उल्लंघन गरेको बताएको छ । यस विषयमा यी दुई देश एक आपसमा दोषरोपण गर्दै आएका छन् । यस क्रममा सयौँ नागरिक घाइते भएका छन् भने अरु हजारौँको घरमा हवाई आक्रमणका कारण क्षति पुगेको छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १०:१८ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...