back
CTIZAN AD

अमेरिकामा आयोजित चित्रकला प्रदर्शनीमा केसीलाई पुरस्कारै पुरस्कार

वि.सं.२०७७ कात्तिक २ आइतवार

663 

shares

विजय थापा,डिसी । एक दशकदेखि डिसी महानगर क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसीले ४ वटा चित्रकला प्रतियोगिता जितेका छन् । काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले बिगतमा पनि थुप्रै पुरस्कारहरु हात पारेका छन ।

उनले बिदेशीहरुले आयोजना गरेको विभिन्न चित्रकला प्रतियोगितामा बाजी मारेका हुन् ।

भर्जिनियाको फल्सचर्चमा फल्स चर्च सिटि आर्ट्सद्वारा आयोजना गरिएको खुला दृश्य चित्र चित्रकला प्रतियोगितामा केसीलाई दुई वटामा प्रथम पुरस्कार प्राप्त भएको छ । पुरस्कृत हुनुको साथै उनले बेयर अटो ग्रुप (सवारी साधन समूह) बाट नगद १ हजार २ सय डलर र रकस्टार रियालिटि आर्टिस्ट ग्रुपमा दोश्रो स्थान हासिल गर्दै १ हजार डलर नगद समेत प्राप्त गरेका हुन् ।

यसैगरी प्रतियोगितामा आएका दर्शकमध्येले मन पराइएका कुनै एक चित्रलाई मतदान गर्दा सबै भन्दा ज्यादा मत ल्याउनेलाई प्रथम पुरस्कार र ३५० डलर नगद पाउने हुँदा उक्त पुरस्कार पनि केसीले हात पारेका छन् । उक्त पुरस्कारको नाम नै पीप्लस चोइस अवार्ड (दर्शकले मन पराएको ) रहेको छ ।

यसैगरी द्रुत गतिको चित्रकला (क्विक ड्र पेन्टिंग) जुन २ घण्टा भित्र बनाउनु पर्नेमा समेत केसीले तेश्रो स्थान हासिल गर्दै २ सय ५० डलर जितेका छन् । उक्त पुरस्कारको नाम जुन बेयर आर्ट क्विक ड्र रहेको केसीले बताए ।
उनले दृश्य कला प्रतियोगितामा जित हासिल गर्दै नेपाल र नेपालको नाम राख्न सफल भएका छन् । उक्त प्रतियोगामा अमेरिकाका ५० वटै राज्यहरुबाट कलाकारहरुको सहभागिता हुने गर्छ ।
प्रतियोगितामा सहभागी हुन् आवेदन दिएका मध्येबाट ५० जना भित्रमा छनौट हुनुपर्नु नियम रहेकोले ५० जना मध्ये नेपाली मूलका कलाकार केसी परेका थिए । उनले २ वटामा प्रथम, एउटा द्वितीय र अर्कोमा तृतीय पुरस्कार हासिल गरेका छन् ।

फल्सचर्चले हरेक बर्ष चित्रकला प्रतियोगिताको आयोजना गर्छ भने चित्रकारहरुले चित्रकला कुनै पनि स्थानमा गएर तोकिएको समय भित्र चित्रकला बनाउनु पर्ने हुन्छ ।

उक्त प्रतियोगितामा घर भित्र बसेर बनाउन नपाइने र प्राकृतिक कला बनाउनु पर्ने भएकोले केसीले विभिन्न स्थानमा गै चित्रकला वनाएका थिए ।
उक्त चित्रकला प्रतियोगिता निर्णायकहरु पनि चित्रकारनै रहेका थिए ।

यसको अतिरिक्त यसबर्ष पनि केसीले विभिन्न राज्यहरुमा गै प्रतियोगीमा सहभागिता जनाई पुरस्कारहरु प्राप्त गरेका छन् । मेरिल्याण्डको राजधानी एनापोलिसमा आयोजना भएको प्रतियोगतामा केसी तेश्रो स्थान भएका थिए ।

उक्त प्रतियोगितामा उनका दुईवटा चित्र १ हजार ६ सय डलरमा बिक्रि भएका थिए । यसैगरी मेरिल्याण्डको हार्डफोर्ट काउन्टीमा भएको चित्रकला प्रतियोगतामा प्रथम स्थान सहित नगद पुरस्कार र भर्जिनियाको ग्रेट फल्समा भएको प्रतियोगितामा मानार्थ पुरस्कारद्वारा सम्मानित भएका थिए । केसीले हाल भर्जिनियाको ग्रेट फल्स र फल्स चर्च शहरहरुमा चित्रकला (आर्ट्स ) सिकाउछन् ।
सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् ।

 

वि.सं.२०७७ कात्तिक २ आइतवार १०:४९ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...