back
CTIZAN AD

बडिगाडका ४१ घरमा धारा जडान

वि.सं.२०७७ कात्तिक २ आइतवार

669 

shares

२ कात्तिक,बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले खानेपानीको समस्या रहेको वडा नं १० को दर्लिङमा रू ३९ लाख ७८ हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०सँगको सहकार्य र स्थानीयवासीको श्रमदानमा ४१ घरमा एक–एकवटा धारो जडान गरिएको हो । सो आयोजनाका लागि नेवाको रू २६ लाख ३१ हजार, स्थानीय उपभोक्ताको रू १० लाख ३८ हजार र गाउँपालिकाको रू ३ लाख आठ हजार व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले बताए ।

उक्त आयोजनाले पात्ले झाँक्रीस्थानका ४२ घरधुरीमा शुद्ध खानेपानी पु¥याइएको छ । वर्षौ अघिदेखि स्थानीयवासीले खानेपानीको समस्या झेल्दै आएकामा अहिले प्रत्येक घरमा शुद्ध खानेपानी उपलब्ध गराइएको छ । सो आयोजनाका लागि स्थानीयवासीले श्रमदानसमेत गरेका नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार सिलवालले बताए ।

“खानेपानीको समस्याले गर्दा किसानले तरकारीसमेत लगाउन नपाएका र गाईबस्तुलाई खोलाछेउमा लगेर पाल्नु परेको थियो” अध्यक्ष रासकोटीले भने, “अहिले पानीले धेरै सजिलो बनायो ।” पाइपलाइनबाट पानी नपुगेका सात घरका लागि सोलार प्यानल जडान गरेर लिफ्ट प्रविधिमार्फत पानी खुवाउने योजना रहेको उनको भनाइ थियो ।

दर्लिङकै बलगाँसमा पनि गत साउनमा अर्को खानेपानी आयोजना निर्माण गरिएको थियो । रू २२ लाख ३९ हजारको लागतमा निर्माण गरिएको सो आयोजनाबाट ५५ घरधुरीले स्वच्छ पानी खान पाएको उपभोक्ता समितिका सदस्य बिजय केसीले बताए । रासस

वि.सं.२०७७ कात्तिक २ आइतवार १६:२९ मा प्रकाशित

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...