back
CTIZAN AD

‘आइएमई सँग यो दशै-तिहार, पाइन्छ नगद रु ५० हजार’

वि.सं.२०७७ कात्तिक ३ सोमवार

867 

shares

३ कात्तिक, युएई । युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी अल अहालियाबाट आइएमईमा पैसा पठाउदा उपहार पाइने भएको छ ।  आइएमईले युएईका ग्राहकहरुका लागि लक्षित दशैँ–तिहार उपहार योजना सार्वजनिक गरेको हो ।

“आइएमई सँग यो दशै–तिहार, पाइन्छ नगद रु ५० हजार’ नाराका साथमा युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी “अल अहलिया एक्स्चेन्ज“ बाट आइएमई गर्ने नेपाली ग्राहकहरुले दशै र तिहारको अवधिमा कम्तीमा ७ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पाउन सकिने आइएमई युएईका प्रमुख उत्तम बस्नेतले जानकारी दिएका छन् ।

बम्पर उपहार नगद रु ५० हजार रहेको यो योजनामा भाग लिन अल अहालिया एक्सचेञ्जका युएईभरीका कुनै पनि शाखाहरुबाट नेपालमा पैसा पठाउँदा आइएमईलाई नै माध्यम बनाउनु पर्ने हुन्छ । अल अहालिया एक्सचेञ्ज साथै अन्य एक्सचेञ्जहरुबाट नेपालमा आइएमई गर्दा पनि यस प्रतियोगितामा सहभागी बन्न सकिने आइएमई युएईले जनाएको छ ।

अलअहालिया एक्सचेञ्ज मार्फत आइएमइमा पैसा पठाउने आफ्ना धेरै ग्राहकहरु भएको र यसभन्दा अगाडि पनि धेरै नेपालीहरुले विभिन्न पुरस्कारहरु पाएको अल अहालिया एक्सचेञ्जका नेपाल कोरिडोर व्यापार प्रमुख बेनीमाधव ढकालले जानकारी दिएका छन् ।

आइएमइको यो योजनामा साप्ताहिक रुपमा पहिलो तथा दोस्रो हप्तामा दुई–दुई जना तथा तेस्रो तथा चौथो हप्तामा तीन/तीन जना भाग्यशाली विजेताले नगद ७ हजार रुपैयाँ “आइएमई पे“ मा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै विदेशबाट पठाएको रकम आइएमईको वालेट आइएमई पेबाट प्राप्त गर्ने गरी रेमिट्यान्स गरेमा पठाएको रकममा ६० रुपैयाँसम्म स्वतः बोनस रकम प्राप्त गर्न सकिने आइएमई युएईका प्रतिनिधि ईश्वर अधिकारीले बताएका छन् । योजना अक्टोम्बर १७ देखि नोभेम्बर १५, २०२० सम्मको लागि सन्चालनमा रहेको छ ।

नेपालीहरुको सुखदुःखको साथी बन्दै आइएमई
नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आइएमई नेपालीहरुको दुःखसुखको साथी बन्दै गएको छ । बीस वर्ष अधिदेखि बिरानो मुलुकको निर्जन बगरमा काम गरेर आफ्ना परिवारका सदस्यले कमाएको पैसासँगै खुसी र भविस्यको मिठो सपना आदानप्रदान गरिरहेको आइएमईले यसपालिको दशै-तिहारको अवसरमा ‘भरोसा कोष’ स्थापना गरेको छ ।

कोरोनाका कारण परदेशमा अकालमा जीवन गुमाएकाको परिवारका हकवालालाई सकेको आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत आइएमईले गरेको छ ।

हरेक दशै र तिहारको उपलक्ष्यमा लाखौं रुपैयाँ राशीका उपहार योजना संचालन गर्ने आइएमई कोरोनाले आक्रान्त बनाएको नेपाली मनमा भरोसा कोष मार्फत दुःखको वास्तविक साथी, सहयात्री र पीडित परिवारको दरिलो भरोसा बन्न खोजिरहेको छ ।

आइएमई नेपालले वैदेशिक रोजगारीको सिलसिलामा कोरोनाको कारण ज्यान गुमाएका सबै जनाका परिवारका सदस्यलाई १ करोड रुपैयाँको भरोसा कोष स्थापना गरी सहयोग गर्ने भएको हो ।

युएई लगायतका मध्यपूर्वका ६ देश र मलेसियामा रोजगारीको क्रममा रहदा कोरोनाको कारण निधन भएका नेपालीहरुका परिवारका सदस्यलाई आइएमई नेपालले अनिवार्य आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि सम्बन्धित परिवारको सदस्यले आईएमईको केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आवश्यक कागजातका साथमा निवेदन दिनुपर्ने छ ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार ०८:२३ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...