back
CTIZAN AD

नेपालको चल्ला भारतमा माग भएपछि व्यवसायीलाई राहत

वि.सं.२०७७ कात्तिक ३ सोमवार

813 

shares

२ कात्तिक, चितवन । भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ ।

अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो ।

भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार सातामा २ लाख ५० हजार हाराहारीमा चल्ला भारत लान थालिएको हो । नेपालका ह्याचरीले अहिले एउटा चल्ला रु २५ देखि ३० मा बिक्री गर्ने गरेका छन् । ती चल्ला सप्लायर्समार्फत भारतमा पुग्दा भारु ५० सम्म पर्छ । पोख्रेलका अनुसार सातामा ३५ लाख ब्रोइलर चल्ला उत्पादन हुन्छ । मासुको मूल्य नपाएपछि साना कृषकले नोक्सानी व्यहोर्नु परेको छ । घाटा खानु परेपछि कृषक चल्ला राख्न उत्साहित छैनन् । उत्पादन धेरै तर खरिदकर्ता कम भएपछि चल्लाको मूल्य पाउन नसकिएको हो ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कोभिड १९ का कारण भारतीय सीमा क्षेत्रमा प्यारेन्ट नपाएका कारण चल्ला उत्पादन नहुँदा अभाव भएको बताउनुभयो । विस्तारै यो समस्या नेपालमा पनि आउने उनको भनाई छ । रासस

वि.सं.२०७७ कात्तिक ३ सोमवार ०८:३७ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...