back
CTIZAN AD

मदिरा सेवन गरेको मातमा गाउँपालिकाको गाडी तोडफोड

वि.सं.२०७७ कात्तिक ३ सोमवार

852 

shares

३ कात्तिक, सिमकोट । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ ।

छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिए । मदिराले लठ्ठ मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ ।

गाउँपालिका वडा नं २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन् ।

मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताए ।

मदिराका मातमा रहेका मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेको जानकारी प्राप्त भएको छ । अभियुक्त मल्ललाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सरदुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिए । रासस

वि.सं.२०७७ कात्तिक ३ सोमवार ११:४४ मा प्रकाशित

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...