back
CTIZAN AD

तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ को मृत्यु

वि.सं.२०७७ कात्तिक ३ सोमवार

768 

shares

३ कात्तिक, गण्डकी । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासीमा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् ।

नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उहाँले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिए। कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी साधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार/चार वटा सवारी साधन दुर्घटनामा दुई/दुई जनाले ज्यान गुमाएका ढकालले बताए ।

त्यस्तै, पर्वतमा दुई वटा सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारी साधन दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक/एक वटा सवारी साधन दुर्घटनामा परेका भएपनि कसैको ज्यान गएको छैन भने मनाङमा कुनै पनि सवारी साधन दुर्घटनामा नपरेका ढकालको भनाइ छ ।

प्रदेशमा भएको सवारी साधन दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जिप/कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई/दुई वटा डोजर तथा ट्याम्पो संलग्न रहेका ढकालले बताए । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको समेत ढकालको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन गुडाउँदा समेत दुर्घटना बढ्ने भएकाले यसको न्यूनीकरणका लागि काम भइरहेको ढकालले बताए । यातायात व्यवस्था विभागसँग समवन्यगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी , जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँमा स्मार्ट लाइसेन्स कार्ड रिडर मेसिन प्रयोगमा ल्याइएको ढकालको भनाइ छ ।

त्यस्तै सवारी साधनको गति सीमित पार्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र तनहुँमा राडरको प्रयोग गरेर सवारी साधनको गति चेकजाँच गर्ने र तीव्र गतिमा सवारी साधन गुडाउनेलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशमा आव २०७६/०७७ मा ४३१ वटा दुर्घटनामा परी २२३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा परी ३८ जना बालबालिकासहित ४२४ जना गम्भीर घाइते भएका गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख ढकालले बताए ।

यो वर्ष ३४७ वटा दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको ढकालले जानकारी दिए । रासस

वि.सं.२०७७ कात्तिक ३ सोमवार ११:४८ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...