back
CTIZAN AD

दुग्ध विकास संस्थानको घोराहीमा बिक्री केन्द्र सञ्चालन

वि.सं.२०७७ कात्तिक ३ सोमवार

861 

shares

३ कात्तिक, लमही । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

घोराही–१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो । संस्थानका अध्यक्ष वसन्त गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दूधको केन्द्रका रुपमा निर्माण गर्ने योजना रहेको जानकारी दिए । दूध उत्पादनका दृष्टिकोणले दाङ राम्रो सम्भावना भएको क्षेत्र भएकाले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा संस्थानले घोराही क्षेत्रमा दूध सङ्कलन केन्द्रसमेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण गरिने योजना राखिएको उनको भनाइ छ ।

कोरोना महामारीका बेलामा बजारमा दूधको खपत अहिले आधा घटेको बताउँदै उनले संस्थानले घाटा सहेर भए पनि कृषकले उत्पादन गरेको दूध खरीद गरी व्यवस्थापन गरिरहेको जानकारी दिए । मुलुकभर संस्थानको दुई लाख लिटर दूध विगतमा खपत हुने गरेकामा हाल त्यसको खपत झण्डै आधा घटेको छ । उनले प्रतिलिटर रु १७ घाटा सहेर पनि कृषकलाई राहत प्रदान गरिएको बताए ।

दूधमा प्रतिलिटर रु ५ मुनाफा आर्जन गरेर विगत वर्षमा रु चार करोड मुनाफा कमाएको संस्थानले नाफामुखी मात्रै नभई सेवामुखी भएर पनि काम गरिरहेको बताएको छ । दाङका लमही र तलसीपुर क्षेत्रबाट यसअघि सेवा प्रदान गर्दै आएको दुग्ध विकास संस्थानले निकट भविष्यमा घोराही क्षेत्रमा पनि पूर्वाधार निर्माण गरी दुग्ध उत्पादक कृषकको दूध खरीद गर्ने योजनाका साथ काम अघि बढाइएको उनको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दाङका प्रमुख डा वेदबहादुर केसीले प्रशोधित दूध सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने बताए । दुग्ध विकास संस्थानले सरकारले तोकेको मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ । रासस

वि.सं.२०७७ कात्तिक ३ सोमवार १२:३५ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...