मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ । लाभांश सञ्चय गर्न नसकिएला । अरूका लागि खर्च हुनेछ ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ । शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगो काममा जग बसाउन सकिनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला । बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू पनि भेटिनेछन् । परिवारजनको साथले उत्साह जगाउनेछ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपरे पनि फाइदै हुनेछ । व्यवसायतर्फ विशेष अवसर प्राप्त हुन सक्छ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सानोतिनो कमजोरीले अल्झाउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । मिहिनेत गर्दा जटिल काम समेत बन्नेछ । आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन ्। काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मान–सम्मान पनि प्राप्त हुनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन् ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान-सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
वि.सं. २०७७ कात्तिक १२ बुधवार (इ.स. २०२० अक्टोबर २८ )
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ कात्तिक १२ बुधवार ०७:४५ मा प्रकाशित




























