१२ कात्तिक, काठमाडौं । नेपालमा १२ कात्तिक ( १२ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १४ लाख ९ हजार २९५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,२४८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३९ हजार ६४३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १४ हजार ६७६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ९३४ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २९० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमती प्रदेशमा १७८,गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ४४, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा २९० जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ६ जना गरी जम्मा ७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही, सुर्खेत र कैलाली गरी १५ वटा रहेका छन् । शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।
त्यस्तै आज थपिएका १९५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६२ हजार २५४ पुगेको छ । साथै आज २९८१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख, २१ हजार ८२४ रहेको छ ।
आज १२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ८४३ सहित १९५४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८४३ जनासहित देशैभरी १९५४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९६ ललितपुरमा ११८ र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ७८, तेह्रथुममा ३, धनकुटामा ५, भोजपुरमा १, मोरङमा २५३, संखुवासभामा ४, सुनसरीमा २०३ र सोलुखुम्बुमा ९ जना गरी प्रदेशमा आज ५७२ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ८, पर्सामा २०, बारामा ३, महोत्तरीमा २७, रौतहटमा ११, सर्लाहीमा ६ र सिराहामा ९ जना गरी प्रदेशमा आज ८७ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ६९६, काभ्रेपलान्चोकमा ८, चितवनमा १६३, धादिङमा २, नुवाकोटमा ५, भक्तपुरमा २९, मकवानपुरमा ३९, ललितपुरमा ११८ र सिन्धुपाल्चोकमा ३ जना गरी प्रदेशमा आज १०६३ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ९९, नवलपरासीपुर्वमा ५०, गोरखामा ११, तनहुँमा १०, पर्वतमा १, मुस्ताङमा १, लमजुङमा २, बाग्लुङमा ४ र स्याङजामा १३ जना गरी प्रदेशमा आज १९१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा १, पाल्पामा १, बर्दियामा ६, बाँकेमा १ र रुपन्देहीमा ७ जना गरी प्रदेशमा आज २२ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको दैलेखमा ६ जना र सुदुरपश्चिम प्रदेशको अछाममा ४, कन्चनपुरमा २ र कैलालीमा ६ जना गरी प्रदेशमा आज १३ जना संक्रमित संक्रमित थपिएसँगै आज देशैभरी १९५४ जना संक्रमित थपिएका छन् । जसमा महिला ७५८ र पुरुष ११९६ जना रहेका छन् । आज थपिएका १९५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६२ हजार २५४ पुगेको छ ।
आज २९८१ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कति निको भए त ?
नेपालमा आज २९८१ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २९८१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २९८१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख, २१ हजार ८२४ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ११,५१४, प्रदेश २ मा १६२४५, बागमती प्रदेशमा ५९ हजार ८९२,गण्डकी प्रदेशमा ५९३९, लुम्बिनी प्रदेशमा १४,६२३, कर्णाली प्रदेशमा ४६४५ र सुदूरपश्चिम प्रदेशमा ८५६६ जना गरी हालसम्म जम्मा १ लाख, २१ हजार ८२४ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७७, प्रदेश २ मा ५६, बागमती प्रदेशमा २८८, गण्डकी प्रदेशमा ५६७, लुम्बिनी प्रदेशमा १०४७,कर्णाली प्रदेशमा ३१७, सुदूरपश्चिम प्रदेशमा ५३७ जना गरी हालसम्म जम्मा २,८८९ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ५७९ , प्रदेश २ मा १६२, बागमती प्रदेशमा ५६०४, गण्डकी प्रदेशमा ८९९, लुम्बिनी प्रदेशमा १७९, कर्णाली प्रदेशमा २५८ र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी हालसम्म जम्मा ७,७०९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ६०७९, प्रदेश २ मा९७६, बागमती प्रदेशमा १७,९७७ गण्डकी प्रदेशमा १३२६, लुम्बिनी प्रदेशमा ३८४२ कर्णाली प्रदेशमा ६१५ र सुदूरपश्चिम प्रदेशमा १,११९ जना गरी ३१ ह्जार ९३४ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु
कोरोना संक्रमणका कारण नेपालमा आज १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १२ जनाको मृत्यु भएको छ ।
.
आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।
वि.सं.२०७७ कात्तिक १२ बुधवार १७:५० मा प्रकाशित






























