back
CTIZAN AD

विकटका बासिन्दालाई चुनौतीसँगै आफ्नै गाउँमा अवसर पनि

वि.सं.२०७७ कात्तिक १६ आइतवार

621 

shares

१६ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–५ मन्त्रेडाँडाका अनिता थिङ अहिले सोही वडाको चारकिल्लास्थित ग्रामोन्नती माविमा कक्षा ११ मा अध्ययनरत छन् ।

गाउँकै भुवनेश्वरी आधारभूत विद्यलायमा कक्षा ६ उत्तीर्ण गरेपछि कक्षा ७ देखि ग्रामोन्नति माविमा अध्ययनरत उनी अहिले आफूले पहिला पढेको भुवनेश्वरी आधारभूत विद्यालयमा बालबालिकलाई पढाउने काम गर्दै आएका छन् ।

गाउँमा एसइई पास गर्ने कमै मात्रमा भएपछि आफूले गाउँमा शिक्षण पेसामा आबद्ध हुने अवसर पाएको उनले बताए । उनीसँगै अर्का रमिता रानाले पनि सोही अवसर पाएका छन् । अहिले सो गाउँमा एसइई पास गर्ने दुईजना मात्रै रहेका छन् । त्यसैले पनि शिक्षण काम गर्दै आफैँ पनि कक्षा ११ मा अध्ययनरत रहेको उनहिरुले बताए । “गाउँमा सँगै पढ्ने धेरै भए पनि एसइई पास गरेर उच्च शिक्षा अध्ययन गर्नेमा हामी दुईजना मात्रै छौँ”, उनीहरुले भने, “आफूले प्राप्त गरेको योग्यताअनुसार आफ्नै गाउँमा अवसर पाएका छौँ ।”

विद्यालयमा पढाउन थालेपछि बेलुका मात्रै पढ्न समय मिलाउनु परेको उनीहरुको भनाइ छ । भौगोलिक विकटताको कारण अवसर पाए पनि हरेक इच्छा र आकाङ्क्षालाई थाती राखेर जीवनलाई अगाडि बढाउनु धेरै चुनौती रहेको उनीहरु बताउँछन् ।

“एकातिर विकटताले गर्दा अनकन्टार जस्तै लाग्ने गाउँले परिवेश, अर्कोतिर बिहान उठेर घरको काम, त्यसपछि विद्यालयमा पढाउने, उता कलेजमा पढ्न जानुपर्ने त्यो पनि टाढाको बाटो, जसले गर्दा निकै कठिनाइका बीच प्राप्त अवसरको सदुपयोग गर्दै जीवनयापनको माध्यम खोजिरहेका छौँ”, उनीहरुले एकै स्वरमा भने । कामको बोझ, अध्ययन र विद्यालयको अध्यापन कार्यले गर्दा कहिलेकाहीँ नयाँ कुरा सिक्न र बुझ्नका लागि बाहिर घुम्नसमेत समय नमिलेको उनीहरु बताउँछन् ।

घुँडेका स्थानीय बासिन्दासमेत रहेका भुवनेश्वरी आधारभूत विद्यालयका शिक्षक मोहनबहादुर रखालले गाउँमा पढेलेखेका मान्छेको कमी र पढाइमा लगानी गर्ने विचारमा पनि कमी भएको कारण गाउँको अवस्था पछाडि पर्दै आएको बताए। पछिल्लो समयमा केही सुधार हुँदै आएको भए पनि भौगोलिक विकटताका कारण अझै पछाडि परेको उनको भनाइ छ ।

एकातिर विद्यालय टाढा भएका कारण दैनिक घण्टौँको बाटो हिँडेर पढ्न बस्दा थाकेर ध्यान नै पढाइमा नजाने त अर्कोतिर परिवारका अरूले धेरै पढेको भए त्यही अनुसारले पढ्नुपर्छ भन्ने सोचको विकास हुन्थ्यो । उनले भने, “माहोल नै पढाइतिरको नभएका कारणले पनि गाउँ शिक्षामा पछाडि परेको पाइएको छु ।”

महाभारत गाउँपालिका–५ लुदिडाँडाका रञ्जना मगर दैनिक एक–डेढ घण्टाको बाटो हिँडेर चारकिल्लास्थित ग्रामोन्नति माविमा पढ्न जाने गर्छन् । कक्षा ९ अध्ययनका लागि गाउँमा मावि नभएपछि दैनिक हिँडेर जानुपर्ने बाध्यता भएको हो । उनीसँग सोही गाउँका अन्य तीनजना पनि सँगै सोही विद्यालयमा अध्ययनका लागि जाने गरेका छन् ।

आधारभूत तहसम्म गाउँमा नै रहेको भुवनेश्वरी आधारभूत विद्यालयमा अध्ययन सकेपछि माध्यमिक तह अध्ययनका लागि गाउँदेखि टाढा जानुपर्ने बाध्यता रहेको अर्का पूर्णिमा तामाङ र सुनिता तामाङले बताए । विद्यालय जानुअघि दैनिकरुपमा घाँस काट्ने र घरको अन्य काम गर्नुपर्ने बाध्यता उनीहरुसँग रहेको छ ।

“हाम्रो दैनिक काम नै बिहान घाँस काट्ने र अन्य काम सकाएर मात्रै विद्यालय जानुपर्छ ।” उनीहरुले भने, “गाउँमा हाम्रो यस्तै काम हुन्छ ।” एकातिर विद्यालय अध्ययन गर्न जान टाढा हुनु र अर्कोतिर गाउँमा काम गरेर मात्रै जीविकोपार्जन हुने भएकाले सबैले सकेको काम गर्नै पर्ने बाध्यताले गर्दा विद्यालय गएर पढ्ने संस्कारको विकास नभएको हो ।

सो विद्यालयबाट २० जनाले आधारभूत तह उत्तीर्ण गरेकामा गाउँका चार÷पाँचजना मात्रै माध्यमिक तह अध्ययनका लागि अर्को विद्यालय जाने गरेको उनीहरुको भनाइ छ । अभिभावकले भने पढ्नका लागि जति आग्रह गरे पनि बालबालिकाले पढ्नमा चासो नै नदिएको बताउँछन् । सबैजसो त्यसैगरी बस्ने गरेको कारण पनि सङ्गतले गर्दा पढ्नतिर ध्यान नदिएको उनीहरुको भनाइ छ ।

कृषि पेशाले मात्रै जीवन धान्दै आएका डाँडापारिको बुढाखानीस्थित घुँडे र बेत्तेनी आसपासका बासिन्दाले भर्खरै मात्रै गाउँमा मोटरबाटो पुगेपछि बल्ल जीवनमा नयाँ उमङ्ग थपेको अनुभूति गर्न थालेका छन् । बेत्तेनीका बुद्ध बालउन्नति प्राथमिक विद्यालयका प्रधानाध्यापक रोजल मोक्तान भन्छन्, “गाउँमा पहिलोपटक बस आउँदा धेरै खुसी मात्रै होइन, हामीले यसरी घरआँगनमा नै बस आउँछ भनेर त कल्पनासम्म पनि गरेका थिएनौँ, अहिले आफ्नै आँगन भएर बस आउँदा निकै खुसी छौँ ।”

बेत्तेनीकै स्थानीय बासिन्दा लमोमाया तामाङ भन्छिन्, “अब गाउँमा गाडी आएपछि यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने भए ।” यसअघि यहाँका स्थानीय बासिन्दा बनेपा धुलिखेल जानको लागिसमेत रोशी गाउँपालिकाका मङ्गलटारसम्म हिँड्नुपर्ने बाध्यता रहेकामा अब गाउँमा नै बस पुगेपछि निकै खुसी लागेको उनीहरु बताउँछन् ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको बासिन्दाको मुहार फेर्न काम बल्ल शुरु भएको बताए। “यसअघि शिक्षा, स्वास्थ्य र गाँसबासका लागिसमेत अत्यन्तै कठिन अवस्था ब्यहोर्नुपर्ने बाध्यताबाट बल्ल मुक्त हुँदैछ”, उनले भने, “अब डाँडापारिका बासिन्दाका लागि अति आवश्यक मोटरबाटो पुगेसँगै बिजुली, शिक्षा र स्वास्थ्यको पूर्वाधार समेतको विकास हुँदै गएको छ ।”

जुन कामले पूर्णता पाएपछि बल्ल यहाँका बासिन्दाको चाहना अरू विषयमा हुने उनले बताए । पालिकाको अति विकट घुँडे बेतेनीमा केही दिनअगाडि मात्रै पहिलो यात्रुवाहक बस पुगेपछि अरू अन्य विकास निर्माणको कामलाई जोड दिने बताए । अहिले जिल्ला सदरमुकामदेखि सो पालिकाको केन्द्र जोड्ने मोटरबाटोको स्तरोन्नति र कालोपत्र गर्ने कामको प्रक्रिया अघि बढिसकेको छ । रासस

वि.सं.२०७७ कात्तिक १६ आइतवार १५:५३ मा प्रकाशित

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...