back
CTIZAN AD

हेर्नुहोस् कस्तो छ त तपाईको आज (बुधबार) को राशिफल ?

वि.सं.२०७७ कात्तिक १९ बुधवार

615 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ। सहयोगीहरू पछि हट्न सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । दिउँसोदेखि केही समस्या पनि देखा पर्नेछन्। विवादास्पद जिम्मेवारी आउनेछ भने खर्च बढ्ने सम्भावना छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्चिलो कामले अर्थ अभाव हुन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्न सक्छन्। मिहिनेतले उपलब्धि दिलाउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन् ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि सामान्य लाभ मिल्नेछ । तर, उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ । सञ्चित रकम खर्च हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । परोपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । दिउँसोदेखि व्यवसायतर्फ केही अलमल हुनेछ । आफ्नैले काममा बाधा पुर्याउनेछन्। विशेष योजना सार्वजनिक नगर्नुहोला । तत्काल फाइदा नहुने जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवेश रमाइलो देखिए पनि चिन्ताले मन पिरोलिनेछ । मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ । आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला । लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । व्यवसायमा आम्दानी बढ्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहोला । बुद्धिको उपयोगले काम बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । विशेष काममा जग बसाउने मौका जुट्नेछ । दिउँसोदेखि अस्वस्थताले काम रोकिन सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्, बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अध्ययनमा भने गुरुजनको मार्गदर्शन उपयोगी हुने देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्तहरू टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार ०७:३३ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...