back
CTIZAN AD

आख्यानकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा निधन

वि.सं.२०७७ कात्तिक १९ बुधवार

924 

shares

१९ कात्तिक, काठमाडौं । आख्यानकार गगन सिंह थापाको निधन भएको छ ।  थापाको काठमाडौंको बालाजुस्थित आफ्नै निवासमा बुधबार बिहान १ः५० मा निधन भएको हो ।

७३ वर्षीय थापा दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेका थिए ।

भाद्र ५, २००५ मा दर्ना ९ पाटेखेत अछाममा जन्मिएका आख्यानकार थापा हाल टिकापुरका स्थायी वासिन्दा हुन् । अरुणोदय मा. बि खैरीफाँटा कैलालीका संस्थापक तथा प्रधानाध्यापक, रहिसकेका थापाले २०३६ देखि नेपाली कांग्रेसमा आवद्ध रहँदै राजनीति तथा साहित्यमार्फत् नेपाली समाजलाई ठूलो योगदान दिँदै आएका थिए ।

राजनीति जीवन
स्वर्गीय थापाले बि.स २०४२ को प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील रहँदा ६ महिना जेल जीवन समेत विताएका थिए । साथै २०३७ को जनमत संग्रह, २०४६ र २०६१/०६२ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय नेतृत्व समेत गरेका स्वर्गीय थापा २०४९ देखि १० वर्षसम्म (२ कार्यकाल) जिल्ला विकास समिति कैलालीको निर्वाचित सदस्य समेत हुन् ।

सामाजिक कार्य
त्यस्तै छतिवन सामुदायिक बनको अध्यक्ष तथा सामुदायिक वन अभियानको प्रवद्र्धक, कैलाली जिल्ला सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष, कैलाली जिल्ला विकास समिति, वन वातावरण समितिको अध्यक्ष, कटासे बजारको संस्थापक मध्ये एक र कटाक्ष बजार व्यवस्थापन समितिको अध्यक्ष समेत रहेर स्वर्गीय थापाले सामाजिक कार्यमा समेत सक्रिय भूमिका निभाउँदै आएका थिए ।

साहित्यिक क्षेत्रमा योगदान
साहित्य सेवा प्रकाशित कृति सोह्र सौगात, २०३५ (कथा संग्रह र संयुक्त लेखन) कर्णालीको छेउछाउ २०७० (उपन्यास) पुर्खाको चिट्ठी २०७२ (उपन्यास) मेरो मधुशाला २०७४ (उपन्यास) उज्ज्वली २०७६ (लघु उपन्यास) महाप्रलय २०७७ (उपन्यास) अन्य एक दर्जन कृति प्रकाशनको क्रममा रहेका छन् ।

स्वर्गीय थापा सैना साहित्यिक पत्रिका टिकापुरको संस्थापक अध्यक्ष समेत रहेका थिए । उनले २०७३ मा मोबरा साहित्यिक पुरस्कार र २०७६ मा सुदूरपश्चिम साहित्यिक पुरस्कार प्राप्त गरेका थिए ।

स्वर्गीय थापा गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाका बुवासमेत हुन् । उनकी  श्रीमती नुतन थापा र हिक्मत थापा, दिनेश थापा, अरुण थापा र पद्मिनी थापा कुँवरसहित ४ छोराछोरी रहेका छन् ।

ऐक्यबद्धता प्रकाशनका सल्लाहकार तथा सामाजिक अभियन्ता हिक्मत थापालाई पर्न गएको पितृशोकमा निधन हुनुभएका आख्यानकार थापाप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गदै शोकसन्तप्त सम्पूर्ण थापा परिवारमा ऐक्यबद्धता प्रकाशन परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार ०८:०८ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...