२० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ४३० जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३४३० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ३४३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७९.८ प्रतिशत हो ।
आज पनि ३८४४ जना कोरोना संक्रमणबाट मुक्त,हालसम्म कुन प्रदेशमा कति निको भए त ? हेर्नुहोस् विवरण
वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:०६ मा प्रकाशित






























