back
CTIZAN AD

त्रिशूली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

831 

shares

२१ कात्तिक त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ लागू हुने भएको छ । बीमा कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य बीमा बोर्ड र त्रिशूली अस्पतालबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

त्रिशूली अस्पतालबाट प्रवाह हुने सेवामा बीमा कार्यक्रममार्फत दाबी भुक्तानीको लागी स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा राधिका थपलिया र त्रिशूली अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा।सुनिता केसीले स्वास्थ्य बीमा बोर्डको ‘सेवा सम्झौता पत्र’मा हस्ताक्षर गरेका छन् ।

आगामी मङ्सिर १ गतेदेखि लागू हुने बीमा कार्यक्रमको लागी दर्ता एवम् सोधपुछ कार्यक्रमसम्बन्धि जानकारी दिनुपर्ने, बिरामीले दाबी गरेका प्रमाणलाई सूचना प्रणालीमा अध्यावधिक गर्नुपर्ने, अस्पतालको परिसरमा औषधि वितरण कक्षको व्यावस्थापन गर्ने, बीमा गरेकालाई तोकिएको सेवासहित औषधिको सरल रुपमा उपलब्ध गराउनुपर्ने लगायतको शर्त उल्लेख गरिएको छ । सम्झौता पाँच वर्षको लागी गरिएको छ ।

‘स्वास्थ्य बीमा कार्यक्रम’को लागी न्यूनतम पाँचजनाको परिवार भएमा एक वर्षको रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिव्यक्ति रु ४२५ थपेर बीमा कार्यक्रममा समावेश हुन सक्ने व्यावस्था मिलाइएको त्रिशूली अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा.केसीले जानकारी दिए ।

उनको अनुसार ‘स्वास्थ्य बीमा कार्यक्रम’को बीमाको दायरामा समावेश भएका सदस्यले एक वर्षलाई प्याकेजमा सेवा पाउने व्यावस्था रहेको छ । अस्पतालबाट प्रवाह हुने अधिकांश सेवादेखि औषधि खरिदसम्ममा बीमा कार्यक्रममा समावेश भएका सदस्यले लाभ लिन पाउने भएकाले स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय र प्रभावकारी मानिएको छ ।

त्रिशूली अस्पतालबाट हाल विशेषज्ञ सेवा प्रवाहमा बीमा कार्यक्रमा समावेश भएकाले गरीब तथा विपन्न, ग्रामीण क्षेत्रका बिरामीलाई जिल्ला बाहिर गएर उपचार सेवा लिदाँ हुने आर्थिक भार घटाउन बीमा कार्यक्रम लोकप्रिय हुने विश्वास लिइएको छ । रासस

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:१९ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...