मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ब्चष्भकअवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ । व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गरिएका कर्मको उचित प्रतिफल पाइने छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा फाइदा उठाउन सकिने समय छ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट सामान्य लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दुःख देलान् । मानसम्मानमा पनि आघात पुग्न सक्। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ । तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला । ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । शुभचिन्तकले मात्र साथ दिनेछन् । मिहिनेत गर्दा नयाँ काम र सामान्य प्रतिफल प्राप्त हुनेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्नेछ । खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा तत्काल लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने समय छ । सञ्चित धनको उपयोगबाट पनि विशेष फाइदा मिल्नेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा कर्मको उचित प्रतिफल पाइनेछ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्गे लाभ र कर्मसिद्धि हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम गर्न नसकिएला । आश्वासन बाँड्नेहरूले समेत वचन पूरा गर्ने छैनन् । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा समेत न्यून सफलता मात्र प्राप्त हुने समय छ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । चोटपटकको योग देखिएकाले अलि सजग रहनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । तापनि शुभचिन्तकहरूको साथ प्राप्त हुनाले पछिलाई फाइदा हुनेछ । नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अतिथिका रूपमा सम्मान प्राप्त होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जगाउनेछ। व्यापार–व्यवसायमा विशेष प्रगति गर्ने समय छ । काममा धेरैले साथ दिनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातलागी हुनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुन सक्छन्। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ । पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउन आउलान् ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ । पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ । अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । समस्या देखिए पनि धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।
वि.सं. २०७७ कात्तिक २३ आइतवार (इ.स. २०२० नोभेम्बर ८)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?
वि.सं.२०७७ कात्तिक २३ आइतवार ०७:५३ मा प्रकाशित




























