back
CTIZAN AD

तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ कात्तिक २२ शनिवार

732 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली-व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । सावधानीले काम बन्नेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ । खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । मिहिनेतले अध्ययनमा प्रगति गर्न सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ । मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ । रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । सानातिना काममा अल्झनुपर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शरीरमा कमजोरी अनुभूति हुनेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ । शुभचिन्तकहरूको साथ जुट्न सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । व्यवसायले रमाइलो यात्रा गराउनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, दिगो फाइदा हुने काम गर्न सकिनेछ । पहिलेका चुनौती पार लगाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्ने समय छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश चिताएको काममा अलमल हुनेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ । समस्याका बाबजुद आंशिक फाइदा हुनेछ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । शुभचिन्तकहरूको साथ जुट्नाले कामको वातावरण बन्नेछ। बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ ।

वि.सं. २०७७ कात्तिक २२ शनिवार (इ.स. २०२० नोभेम्बर ७ )
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शुक्रबार) को राशिफल भन्छ-आज यी राशिकालाई हुनेछ विशेष लाभ

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०७:३२ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...