२३ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर कारोबार नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । सूचकमा दोहोरो अंकको बृद्धिहुँदा ब्यापार समूह भने चम्किएको छ । सो समूहको सूचक ८.५८ प्रतिसतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
आईतबार समग्रमा नेप्से १२.४९ अंकले बढेर १६४८.५८ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १.५७ अंकल बृद्धि हुँदै ३२५.९४ अंकमा पुगेकोे छ ।
आज सूचिकृतमध्ये १९८ कम्पनीका ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैंयाँ बराबरको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४१ हजार ७६७ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।
आजको करोबारमा बैंकिङ र विकास बैंक बाहेक सबै १० वटै कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । तिनीहरुमध्ये सबैभन्दा बढी उत्पादनमूलक तथा ब्यापार समूहले समूहले कमाएका छन् ।
आज सबैभन्दा बढी साल्ट ट्रेडिङका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुलेमात्र ३८७ अंकले कमाएका छन् । त्यस्तै हिमालयन डिस्टिलरी (१९६), मिथिला लघुबित्त विकाश बैंक (७८) लगायतका कम्पनीका लगानीकर्ताहरुले कमाउँदा गुँरास लघुबित्त (२१) सिभिल लघुबित्त(२०), स्वभिमान लघुबित्त (१७), लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्षस्थानमा रह्यो । उसको २५ करोड ९२ लाख २ हजार ४८२ रुपैंयाँ बराबरको कारोबार भएको छ । कारोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य ८९४ रुपैंयाँ रहेको थियो । त्यस्तै हिमालयन डिस्टिलरी, शिखर ईन्स्योरेन्स, अपि पावर कम्पनी लिमिटेड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।
कारोबार संख्याको आधारमा भने हिमाल दोलखा हाईड्रो शिर्ष स्थानमा रह्यो । उसको मात्र ६ लाख १६ हजार ३१९ कित्ता सेयर किनबेच भएको छ । कारोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य १५६ रहेको थियो । त्यस्तै नेशनल हाईड्रो, अपि पावर कम्पनी, बैंक अफ काठमाडू क्रमशः दोस्रो, तेस्रो र चौथो स्थामा रहेको नेप्सेले जनाएको छ ।
| Market Summary | |
| Total Turnover Rs: | 3,526,777,261 |
| Total Traded Shares | 10,863,456 |
| Total Transactions | 41,767 |
| Total Scrips Traded | 198 |
| Total Market Capitalization Rs. | 2,209,082.95 Millions |
| Floated Market Capitalization Rs. | 778,999.00 Millions |
| Index | Current | Points Change | %Change | ||
| NEPSE | 1,648.58 | 12.49 | 0.76 | ||
| Sensitive | 325.94 | 1.57 | 0.48 | ||
| Float | 114.70 | 0.6 | 0.53 | ||
| Sen. Float | 107.06 | 0.37 | 0.35 | ||
| Sub-Indices | Current | Points Change | %Change | |
| Banking | 1,300.37 | 1.16 | 0.09 | |
| Trading | 1,331.63 | 105.19 | 8.58 | |
| Hotels | 1,785.10 | 27.75 | 1.58 | |
| Development Bank | 2,099.27 | 6.76 | 0.32 | |
| HydroPower | 1,463.02 | 30.59 | 2.14 | |
| Finance | 868.80 | 4.27 | 0.49 | |
| Non Life Insurance | 8,209.28 | 18.79 | 0.23 | |
| Manu.& Pro. | 3,156.76 | 122.68 | 4.04 | |
| Others | 1,109.29 | 28.45 | 2.63 | |
| Microfinance | 2,666.27 | 10.85 | 0.41 | |
| Life Insurance | 9,792.06 | 86.93 | 0.9 | |
| Mutual Fund | 11.05 | 0.15 | 1.41 | |
वि.सं.२०७७ कात्तिक २३ आइतवार १६:४८ मा प्रकाशित


























