back
CTIZAN AD

गत वर्षको तुलनामा मकवानपुरमा डेङ्गु रोगी न्यून

वि.सं.२०७७ कात्तिक २४ सोमवार

633 

shares

२४ कार्तिक, काठमाडौं । मकवानपुरमा विगतको तुलनामा यो वर्षको चार महिनामा लामखुटेको टोकाईवाट हुने डेङ्गु रोगको बिरामी कम भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनदेखि कात्तिक महिना अर्थात वर्षातमा हुने यो रोगका बिरामी यस वर्ष कम रहेको बताइएको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार चालू आर्थिक वर्षको साउन देखि कात्तिक १५गते सम्ममा १३ जनामा सो रोग फेला परेको वताइएको छ । ज्वरो जाचँको क्रममा १३ जनामा सो रोग देखिएको हो ।

गत आर्थिक वर्षमा तीन हजार भन्दा वढी व्यक्तिमा उक्त रोग फेला परेको थियो । चालू आर्थिक वर्षको हालसम्ममा साउन एक महिला र दुई पुरुष, भदौमा एक महिला र तीन पुरुष तथा असोजमा दुई महिला र चार पुरुषमा सो रोग देखा परेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकरी दिए । उक्त रोग एडिस् एजिप्टाई जातको कालो पोथी लामखुट्टेको टोकाईबाट सर्ने हुन्छ । यस वर्ष कोरोना महामारीको सङक्रमणका कारण सरसफाईमा ध्यान दिएको र जथाभावी बाहिर नवस्नाले सो रोगको प्रकोप कम भएको चिकित्सकहरुको भनाइ रहेको छ । रासस

वि.सं.२०७७ कात्तिक २४ सोमवार २०:५१ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...