back
CTIZAN AD

सक्रिय सङ्क्रमितको सङख्या काठमाडौँ उपत्यकामा मात्र २० हजार

वि.सं.२०७७ कात्तिक २४ सोमवार

687 

shares

२४ कार्तिक, काठमाडौं । काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएकाको सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित उपत्यकामा देखिएका छन् ।

देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना सङ्क्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।

देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना रहेका छन् । काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन ।

देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।

देशभर एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौँ जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार १२६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।रासस

वि.सं.२०७७ कात्तिक २४ सोमवार २१:०० मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...