२५ कात्तिक, चितवन । चितवनका ४५ वर्षिय सुक बहादुर पाख्रिनको करेन्ट लागेर मृत्यु भएको छ ।
कालिका नगरपालिका बस्ने पाख्रिनले सोहि नगरपालीका खोलेसिमलस्थित पुरषोत्तम कडेलको घर बनाउने क्रममा रडले विद्युतको तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १५:२२ मा प्रकाशित






























