back
CTIZAN AD

नेकपाका बहुमत सचिवालय सदस्यको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दै

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

828 

shares

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजेदेखि सुरु भएको बैठकमा सचिवालयका ९ मध्ये ५ जना सदस्य बैठकमा सहभागी भएका हुन् ।

बैठकमा प्रचण्डसहित सचिवालयका सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने भने उपस्थित छैनन् ।

यसअघि शुक्रबार पनि धुम्बाराहीमा नै प्रचण्डसहितका सचिवालय सदस्यहरु जम्मा भएका थिए । जुन बैठकले ओलीलाई बैठक बोलाउन लिखित आग्रह गर्ने निर्णय गरेको थियो । जुन निर्णयअनुसार शनिबार ओलीलाई ५ सचिवालय सदस्यले भेट्दै लिखित आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्रीसमेत रहेका ओलीले आग्रहलाई वेवास्ता गरेसँगै नयाँ रणनीति बनाउन नेताहरु जम्मा भएका हुन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला गरिएको यो बैठकलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:३४ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...