२६ कात्तिक, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड १६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २८.९५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८७ लाख ९३ हजार रुपैयाँ मुनाफा आर्जन रहेको थियो ।
कम्पनीले चलु आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । २ अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७६ करोड १ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको जीवन बीमा कोषमा ८ अर्ब ७ करोड ४६ लाख ४५ हजार रुपैयाँ जीवन बीमा कोषमा रहेको छ भने महाविपत्ती जगेडामा ११ करोड ९४ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रति सेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १५:३३ मा प्रकाशित






























