काठमाडौँ । हाँस्य व्यांग्य टेलिसिरियल ‘सक्कीगोनी’ की कलाकार तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने भएकी छन् ।
लामो समय देखि कलाकारीता क्षेत्रमा रहेकी रक्षा भद्रगोल तथा सक्कीगोनी बाट चर्चा कमाएकी हुन् । उनी गर्भवती भएकै कारण केहि समय कलाकारिता क्षेत्रबाट ब्रेक लिने बुझिएको छ ।
हालै एक युट्युव अन्तरवार्तामा सक्कीगो नी टिमका कलाकारले रक्षा आमा बन्न लागेको कुरा खुलाएका हुन् । उनी गर्भवती भएको कारण सक्कीगोनीको अबको भागमा रक्षा नहुने पनि बताइएको छ । भद्रगोल देखि सक्कीगो नी सम्म आउदा रक्षा र जिग्रीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै रक्षा पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै व्यस्त छिन् ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १५:३४ मा प्रकाशित






























