२७ कार्तिक, काठमाडौँ । पूर्वमन्त्री भिमप्रसाद गौतमको निधन भएको छ ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता गौतमको बुधबार राती निधन भएको हो । निमोनियाबाट ग्रस्त भएसँगै चितवन मेडिकल कलेजमा उपचाररत गौतमको उपचारकै क्रममा निधन भएको हो ।
तत्कालिन सर्वहारावादी श्रमिक संगठनबाट कम्युनिष्ट राजनीतिमा होमिएका गौतम तत्कालिन एकता केन्द्र, एकता केन्द्र(मसाल), नेकपा माओवादी, नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीको नेतृत्व तहमा काम गर्दै आएका थिए ।
उनको निधनमा राजनीतिक सहकर्मीहरु साध्यबहादुर भण्डारी र घनश्याम पौडेलले गहिरो दुःख व्यक्त गरेका छन् भने युवराज चौलागाईं लगायत नेकपा नेताहरुले पनि परिवर्तनकारी आन्दोलनमा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
घनश्याम पौडेल
प्रिय साथी भीमप्रसाद गौतम ! समाचार जति दुःखद र अविश्वसनीय भए पनि अब तिमी रहेनौ । तिमी धनी किसान बाबुको एक्लो छोरा, तर जिन्दगीभर दुखीगरीबका लागि लड्यौ ! यस दुस्खद घडीमा तिमीप्रति हार्दिक श्रध्दासुमन अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु !
साध्यबहादुर भण्डारी
प्रिय साथी भीमप्रसाद गौतम!अलबिदा !!
समाचार जति दुःखद र अविश्वसनीय भए पनि अब हामीबिच हुनु भयन । हामी अनन्य मित्रका रूपमा नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा अबिचित भै जिवनको लामो समय सहभागी भयौ। किसान आन्दोलनका लागि भगिरथ प्रयत्न गर्दै हज्जारौं सर्बहारा किसान हरुको मुक्ती लागि लड्ने धरोहर , हाल समाजबादि पार्टी नेपालका बरिस्ठ नेता तथा पुर्व भुमी सुधार मन्त्री भिमप्रसाद गौतमको चितवन मेडिकल कलेजमा गय राती दुस्खद निधनको खबरले अत्यन्तै मर्माहत भएको छु। उहाको निधनले किसान आन्दोलन्लाइ गम्भीर क्षति पुगेको छ। उहाप्रति हार्दिक श्रध्दासुमन अर्पण गर्दै,भाउजु, छोराहरु, छोरिहरु र सकल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
वि.सं.२०७७ कात्तिक २७ बिहीवार ०८:३५ मा प्रकाशित




























