back
CTIZAN AD

अखिल छैठौका अध्यक्ष पोखरेल भन्छन् – केसीको उपचारको वास्तविकता यस्तो हो

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

609 

shares

अखिल छैठौका अध्यक्ष बिमल पोखरेलले जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको उपचार बारे भ्रम छरिएको बताएका छन् । केसीको उपचारका सन्दर्भमा आएका विभिन्न कुराहरुबारे स्पष्ट पार्दै पोखरेल भन्छन् :

केसीको उपचार भ्रमबारे !

१) चित्रबहादुर केसी निमोनिया र पेटको दीर्घरोगबाट पहिल्यैदेखि पीडित हुनुहुन्थ्यो र विगत तीन दिनदेखि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । पार्टीले उहाँको उपचारका बारेमा स्टेप बाइ स्टेप निर्णय लिइरहेको छ । कुनै भ्रम नहोस् भनेर दुई दिनमा तीन वटा वक्तव्य जारी भएका छन् । तर फेसबुकमा आतंक मच्याउनको लागि र पार्टीकै हौं भन्ने एउटा अराजक समूहले उहाँको उपचार सहयोगबारे व्यापक भ्रम उत्पन्न गराउने काम गर्नु अपराधिक र निन्दनीय छ ।

२) चित्रबहादुर केसीको उपचारबारेमा उहाँकै परिवारका एक जना सदस्यले भ्रम फैलाउने प्रयत्न गरे पनि उहाँकी छोरी भानु केसीले त्यो भ्रम पत्तासाफ गरिसक्नुभएको छ । त्यसबारेमा केही बोल्नु आवश्यक छैन ।

३) राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, चित्रबहादुर केसीकी छोरी भानु केसी, भतिज हिरा केसी, भतिजी ऋतु केसी र म केसीको स्वास्थ्य अवस्था बुझ्नको लागि आज दिनभर मेडिसिटी अस्पतालमा थियौं । त्यहाँ हामीले अस्पतालका प्रमुख कार्यकारी अधिकृतसँग उपचारमा भइरहेको अवस्थाबारे सबै जानकारी लियौं । हामीले बुझेको र तुफान केसीसँग भन्दा बाहिर कोही कसैसँग कुनै सूचना नभएको जानकारी गराउन चाहन्छु । राज्यले अस्पतालबाट सूचना लिएको हुन सक्छ ।

४) डाक्टरले केसीको स्वास्थ्य र उपचारबारे आफन्तमध्ये एकजनालाई मात्रै बताउने गर्दछन् । अस्पतालमा केसीका भतिज तुफान केसीको नम्बर दिइएकोले उहाँलाई फोन गरेर हरेक दिन डाक्टरले जानकारी दिने गर्दछन् । आजदेखि मात्रै र्‍याम्डीसेभेर औषधि चलाइएको छ । परिवारसँग कुनै सम्पर्कसमेत नगरी जापान बसेका परिवारका सदस्य र फेसबुकका बदमासहरुलाई उहाँको उपचार खर्च र स्वास्थ्यबारे कसरी जानकारी भयो रु यो भ्रम फिंजाउनको लागि गरिएको प्रपञ्च मात्रै हो ।

५) चित्रबहादुर केसी विरामी हुँदासमेत अन्तरविरोध सिर्जना गर्न खोज्नु निकृष्ट अपराधिक धन्दा हो । त्यसप्रकारका धन्दाहरुमा पार्टीका समर्थकहरु पनि लागेको देख्दा परिवारका सदस्य र हामीलाई पनि निकै ग्लानी महसुस भएको छ । फेरि त्यसप्रकारले अन्तरविरोध सिर्जना गर्ने अपराधीहरुले एक सुको सहयोग गर्ने पनि होइनन् । सरकारले केसीको उपचारमा सहयोग गर्ने र पार्टीले पनि उक्त सहयोग लिने निर्णय गरेकाले अपराधिक तत्वहरुको धन्दा समाप्त भएको छ ।

६) म आफै अस्पताल नपुगी उहाँको स्वास्थ्यबारेमा केही पनि लेखेकै थिइन । उहाँलाई कुन औषधि दिइयो वा दिइएन र कसरी उपचार गरिएको छ भन्ने बारेमा हिजैदेखि नानाथरी लेख्नेहरुका कुरा सत्य होइनन् । केसीको स्वास्थ्यमा केही सुधार भएको छ । अहिलेको जानकारी यत्ति मात्रै हो । यद्यपि पेटको दीर्घरोग र निमोनियाको कारण उहाँको उपचार लामो हुन सक्छ ।

७)  विहानदेखि अहिलेसम्म सहयोगको लागि दर्जनौं फोनहरु आएका छन् । विभिन्न संगठनका साथीहरुले के छ भनेर खबर सोधिरहेका छन् । सरकारले उपचार खर्च व्यहोर्ने भएकाले अब सहयोगको आवश्यकता परेन । सहयोगको लागि इच्छुक सबैप्रति धन्यवाद व्यक्त गर्दछौं । सही बुझ्ने प्रयत्न गरौं, हल्लाको पछि नलागौं ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार २१:२१ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...