back
CTIZAN AD

समयमा भत्ता नपाउदा निरास ज्येष्ठ नागरिक

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

1.1K 

shares

२७ कार्तिक, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाका ज्येष्ठ नागरिक समाजिक सुरक्षा भत्ताको आशमा रहेका छन् । पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकको दशैं नरमाइलो बनेको छ । पटकपटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ नगरेको ज्येष्ठ नागरिक पुर्णबहादुर खत्रीले चार महिनादेखि भत्ता नपाएको बताए ।

“दशैं जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको छ”, उनले भने, “भत्ता नपाउने छाँटकाँट देखेपछि रु एक हजार लुकाएर राखेको रुपैयाँले दशैं मनायौँ ।”

ज्येष्ठ नागरिकको आयस्रोत भनेको सामाजिक सुरक्षा भत्ता भएको हुनाले ज्येष्ठ नागरिक अन्योलमा परेका हुन् । उनीहरुले बिरामी पर्दादेखि चाडपर्व मनाउनका लागि भत्ताको रकम खर्च गर्दै आइरहेका छन् । हरेक चौमासिकमा रु आठ हजार पाउने गरेको खत्रीले बताए । ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले ज्येष्ठ नागरिकलाई साथ दिने निकाय स्थानीय तह आएपछि घटेको बताए ।

चन्दननाथ नगरपालिकामा ७२० ज्येष्ठ नागरिक, एकल महिला ३४५, बालबालिका एक हजार चार सय, अपाङ्गगता भएका व्यक्ति १६६ रहेको नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख भक्तिाल बुढाले बताए । रासस

वि.सं.२०७७ कात्तिक २७ बिहीवार २१:२७ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...