back
CTIZAN AD

रोबोटको विकास, रोजगारीमाथिको खतरा

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

774 

shares
लेखक : लोकनारायण सुवेदी

रोबोटिक्सको बढ्दो बिश्व उपयोगितालाई ध्यानमा राखेर कसरी रोजगारी मैत्री किसिमले यसको उपयोग गर्न सकिन्छ र गर्नु पर्दछ त्यो आज बिकासबिद्हरुले ध्यान केन्द्रित गर्नु पर्ने बिश्वकै मूल बिषय बनेको छ । जब बिश्व नै रोबोट उपयोगको दिशामा बढिरहेको छ भने यसको महत्वलाई अस्वीकार या तिरष्कार गरेर यसको प्रभाव र प्रवाहबाट बच्न सकिने छैन ।

बिज्ञान र प्रबिधि बिकासको चरमोत्कर्षको चरणबाट बिश्व गुज्रिरहेको छ । त्यस क्रममा भएको ‘रोबोट’ प्रबिधिको बिकासले त मानिसलाई कामकाजबाटै बिस्थापित गर्ने स्थिति सिर्जना हुँदै गइरहेको छ । मूख्यतः यसबाट उद्योगधन्धाहरुबाट प्राप्त हुने रोजगारीमा प्रतिकूल प्रभाव पर्ने खतरा उत्पन्न हुँदै गएको र अझ थप हुने भएकोले यस बिषयको चिन्ता बिश्वब्यापीरुपमा बढिरहेको पनि छ । यस्तो चिन्ता बढी जनसंख्या भएका देशहरुमा अझ बढी हुनु स्वभाविकै पनि हो ।

आजको बिश्व अर्थब्यबस्थामा रोबोटको महत्व कत्तिको बढेर गएको छ यसको अनुमान अमेरिकाको बोस्टन कन्सल्टिङ्ग ग्रुपको २०१९को एक प्रतिबेदनबाट लगाउन सकिन्छ । त्यस प्रतिबेदनका अनुसार यो रोबोट प्रबिधिले बिश्व बजारमा ठूलो छलाङ्ग मारेको छ र यो दिनानुदिन बढ्दै गएको छ । आजभन्दा १० बर्ष अघि २०१० मा बिश्वमा रोबोटको बजार करीब करीब १५ अर्ब डलर जतिको थियो । आज २०२० मा आइपुग्दा यसको बजार बढेर ४३ अर्ब डलरभन्दा माथि पुगिसकेको छ । यस आधारमा के अनुमान गरिदैछ भने आगामी २०२५ अर्थात अबको पाँच बर्ष भित्रमा यो अझ बढेर ६७ अर्ब डलर हुनपुग्ने छ ।

यतिबेला बिश्वमा सबैभन्दा बढी कार्यरत रोबोटहरु जुन जुन देशमा छन् ती देशहरुमा चीन, जापान, अमेरिका, दक्षिण कोरिया र जर्मनी सबैभन्दा प्रमुखरुपमा आउँदछन् । आज बिश्वमा बिभिन्न प्रकारका रोबोटहरुको संख्या पनि तीब्र गतिमा बढ्दै गइरहेको छ । सामान्यतया रोबोट दुइ किसिमका हुन्छन् । ती हुन् –औद्योगिक रोबोट र सर्भिस रोबोट । औद्योगिक अर्थात इण्डस्ट्रियल रोबोहरुले औद्योगिक इकाई र कारोबारहरुमा काम गर्दछन् । अर्कोतिर सेवा प्रदायक अर्थात् सर्भिस रोबोटहरुले सेबाका बिभिन्न क्षेत्रहरु मा काम गर्ने गर्दछन् । सेवा रोबोट अन्तरगत प्राफेशनल रोबोट, मनोरञ्जनात्मक (इण्टरटेनमेण्ट) रोबोट, डोमेस्टिक (घरायसी) रोबोट आदि सामेल हुन्छन् ।

बिश्वमा बढ्दो रोबोटको संख्यालाई मध्यनजर राख्दा प्रसिद्ध वल्र्ड रोबोटिक्स २०१९ को एक्जेक्यूटिभ समरी निकै महत्वपूर्ण छ । त्यस अनुसार बिश्वमा अपरेशनल स्टक अर्थात् कार्यरत औद्योगिक रोबोटको संख्या २०१८ मा २४ लाख थियो त्यो आउँदो २०२२ सम्ममा बढेर झण्डै ४० पुग्ने अनमान रहेको छ । यो कुरा पनि उत्तिकै महत्वपूर्ण छ कि औद्योगिक रोबोट चीनमा नै सबैभन्दा बढी छ । चीनमा २ बर्ष अघि २०१८मा करीब ६ं५ लाख औद्योगिक रोबोटहरुको स्टक थियो । चीनमा प्रत्येक १० हजार कर्मचारीको बीचमा ७३२ रोबोटले काम गरिरहेका छन् ।

भारतमा रोबोटको संख्यालाई मध्येनजर राख्दा इण्टरनेशनल फेडेरेशन अफ रोबोटिक्स २०१९ को प्रतिबेदन निकै महत्वपूर्ण रहेको छ । त्यस प्रतिबेदनका अनुसार भारतमा २०१८ मा करीब २३ हजार औद्योगिक रोबोटहरु कार्यरत थिए । पूरै बिश्वमा औद्योगिक रोबोटहरुको स्थितिमा भारत ११औं स्थानमा रहेको छ । भारतमा २०१८ झण्डै ४७७१ जति औद्योगिक रोबोट खडा गरिएको थियो । यो संख्या २०२० को अन्त्यसम्ममा करीब ६ हजार पुग्ने सम्भाबना रहेको बताइन्छ । भारतमा औद्योगिक क्षेत्रमा प्रत्येक १० हजार कर्मचारीहरुका बीचमा ४ रोबोटले काम गरिरहेका छन् । भारतमा रोबोट तैनाथीको परिदृष्य हेर्दा बाहन उद्योगमा यो रोबोटको संख्या सबैभन्दा बढी रहेको छ । रोबोटको तैनाथीले बाहन उद्योगहरुमा रोजागारीमाथि प्रतिकूल असर परिरहेको छ ।

अबश्य पनि आजको बिश्व महामारी कोभिड–१९ फैलिए यता बिश्वमा उपभोक्ताहरुको प्राथमिकतामा रोबोटको महत्व बढ्ने यसका जानकारहरुले उल्लेख गरिरहेका छन् । एकातिर अब बिश्वमा रोबोट बिश्व अर्थब्यबस्थाको एउटा अहं हिस्सा हुन जानेछ भने अर्कोतिर जुन देशहरुमा कार्यशील यूवाहरुको कमी छ ती देशहरुका यो रोबोटहरु अत्याधिक लाभप्रद हुनेछन् । तर यसको बिपरीत अर्कोतिर जुन देशहरुमा कार्यशील मानिसहरुको जनसंख्या बढी छ रोबोटको संख्या बढ्दा रोजगारी वा नोकरी गुम्ने चिन्ता बढ्ने छ ।

निश्चय पनि रोबोटबाट नोकरी गुम्ने चिन्ताजनक परिदृष्य भारतमा बसैभन्दा बढी देखिने छ । विश्व बैंकले दक्षिण एशियाको अर्थब्यवस्थमा केन्द्रित रोजगाररहित विकास नामको एउटा प्रतिबेदनमा भनेको छ कि भारतमा तीब्ररुपमा रोजगारीको ढोका ढकढक्याउने यूवाहरुको संख्यालाई हेर्दा प्रत्येक बर्ष ८१ लाख नयाँ रोजगारी या नोकरी सिर्जना गर्नुपर्ने स्थिति छ । यसका लागि भारतमा १८ प्रतिशतको बृद्धि दर कायम हुनुपर्ने छ । यसरी छलाङ्ग लगाएर बढिरहेको रोजगारीको आवश्यकताका बीच रोबोटको तैनाथी निक्कै नै चूनौतिपूर्ण छ ।

हालै गएको २६ अगष्टका दिन मेकेञ्जी ग्लोबल इन्स्टीच्यूट (एमजीआई)ले ‘इण्डियाज टर्निङ्ग पोइण्ट—एन इकोनोमिक एजेण्डा टु स्पर ग्रोथ एण्ड जब’ नामको जारी प्रतिबेदमा के भनेको छ भने भारतमा आगामी २०२९–३० सम्ममा गैरकृषि क्षेत्रमा नोकारी या रोजगारीको खोजीमा ९ करोड अतिरिक्त मानिसहरु आइसक्ने छन् । त्यस प्रतिबेदनका अनुसार कोभिड–१९ पछि २०२९–३० सम्म हरेक बर्ष १.२ करोड गैर कृषि क्षेत्रमा रोजागारीको आबश्यकता पर्नेछ । जबकि २०१२ देखि २०१८ का बीचमा प्रति बर्ष ४० लाख रोजगारीको सिर्जना हुन सकेको अभिलेख छ ।

यस्तो स्थितिमा जहाँ ठूला स्तरमा नयाँ रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ त्यही देशमा बढ्दो रोबोट तथा अटोमेशन (स्वचालित) मेशिनका कारण रोजगारीमा कमी आउने कुरा ठूलो चूनौतिको बिषय बन्छ । भनिन्छ भारतमा रोबोटको संख्या बढ्न जाँदा डाटा इण्टी क्लर्क, कारखाना मजदुर, बिजनेश सेवा, प्रशासनिक ब्यबस्थापक, लेखापाल, जनरल अपरेशन म्यानेजर, स्टक किपिङ्ग क्लर्क, डाक सेवा क्लर्क, बित्तीय समीक्षक, क्याशियर तथा टिकट क्लर्क, मेकानिक, बिद्यूत तथा टेलिकम रिपेयरिङ्ग सेवा, बैंक क्लक तथा कार, भ्यान तथा मोटर साइकल चालक, एजेण्ट तथा ब्रोकर, घर–घरमा सामान बेच्ने कार्य, वकिल, बीमा क्लर्क र भेण्डर सेबा जस्ता सबै क्षेत्रमा रोजगारी कम हुन जाने छ ।

यो त एउटा अध्ययन प्रतिबेदनको उदाहरण मात्र हो । सबै देशमा बेसी घटी यो चिन्ताको बिषय बनेको छ । तथापि रोबोटिक्सको बढ्दो बिश्व उपयोगितालाई ध्यानमा राखेर कसरी रोजगारी मैत्री किसिमले यसको उपयोग गर्न सकिन्छ र गर्नु पर्दछ त्यो आज बिकासबिद्हरुले ध्यान केन्द्रित गर्नु पर्ने बिश्वकै मूल बिषय बनेको छ । जब बिश्व नै रोबोट उपयोगको दिशामा बढिरहेको छ भने यसको महत्वलाई अस्वीकार या तिरष्कार गरेर यसको प्रभाव र प्रवाहबाट बच्न सकिने छैन ।
त्यसैले रोबोटलाई मानबोपयोगी के केसरी बनाउन सकिन्छ, कसरी कार्यशील यूबा शक्तिलाई रोजागरीबाट बिमुख हुनुपर्ने स्थितिबाट बचाउन र उनीहरुको प्रतिभा, कौशल र निपूणतालाई सही दिशमा सही किसिसमले लगाउन र बिश्वलाई उन्नत, मानबीय र सभ्य तथा मानब–मैत्री तुल्याउन सकिन्छ यतातिर गम्भीरतम चिन्ता गर्नुपर्ने र ध्यान केन्द्रित गर्नु पर्ने आवश्यकता छ । आज आइटी अर्थात् इन्फरमेशन टेक्नोलोजीमा पनि रोबोटको उपयोगिता र रोजगारीको बाटो हेरिरहेका नयाँ पिढीका बीच कसरी तालमेल र तादाम्यता मिलाउन सकिन्छ बिकास नीतिले आज हेर्नु र केलाउनु पर्ने बिश्वको मूल बिषय बन्दै गएको छ । त्यसलाई समाधान गर्न यूया पिढीलाइ रोबोट जस्तो आर्टिफिशियल इण्टेलीजेन्स (एआई) को उच्च कौशलबाट शिक्षित प्रशिक्षित तुल्याउने रणनीति बनाइनु अति अत्याबश्यक छ । नत्र मानिसको प्रतिभाले सिर्जना गरेको रोबोटले मानिसलाई नै अमानबीयकरणको दिशामा धकेल्ने कुरा टाढाको कुरा हुनेछैन ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ०७:३९ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...