२८ कात्तिक, काठमाडौं । फेसबुकमा फेक आईडी बनाएर बालिकाहरुलाई अश्लिल फोटो वा म्यासेज पठाउने एक व्यक्ति पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका–४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अखिलले बालिकाहरूको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐन बमोजिमको कसुर गरेको पाइए पछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका निज अखिलमाथि थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:३३ मा प्रकाशित






























