२८ कात्तिक, बारा । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक एकजना पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका–३ गंगापुर बस्ने ४० वर्षीय उपेन्द्र प्रसाद साहलाई घाँस काट्ने हँसीया प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय पटेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बाटोमा हिँडिरहेका उपेन्द्रलाई एक्कासी हँसीयले पटेलले टाउकोमा प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले घाइतेलाई अस्पताल पु¥याउनुको साथै बिजयलाई पक्राउ गरेको हो । हँसीया प्रहारबाट घाइते भएका उपेन्द्रको बीरगंज न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:४९ मा प्रकाशित





























