back
CTIZAN AD

गत वर्षका तुलनामा जिरी गाई फार्मको आम्दानी २८ प्रतिशतले बढ्यो

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

795 

shares

२८ कात्तिक भीमेश्वर । दोलखा जिल्लामा रहेको जिरी गाई फार्म गत वर्षका तुलनामा यस वर्ष २८ प्रतिशतभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

गाई फार्मले बढी दूध दिने जातका गाईका बाच्छी उत्पादन गरी स्थानीय कृषकलाई बिक्रीवितरण गर्दै आएको छ । आहार तथा व्यवस्थापनमा राम्रो हेरचाह गरेसँगै दूध उत्पादनमा वृद्धि भएकाले आम्दानी बढेको फार्मका पशु विकास अधिकृत श्यामसुन्दर यादवले जानकारी दिए।

उनका अनुसार हाल जमरा घाँसको उत्पादनमा वृद्धि भएसँगै दूधको उत्पादनमा समेत वृद्धि भएको छ । सुख्खा समयमा पनि हरियो हुने घाँस तथा समूहगत आहारमा ध्यान दिइएकाले गर्दा गाईको दूध उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षमा रु ६० लाख १४ हजार आम्दानी भएकामा गत आवमा रु ७७ लाख २९ हजार आम्दानी भएको बताइएको छ । प्रतिलिटर दूध रु ४५ र १५ पैसाको दरले स्थानीय बजार तथा डिडिसी दोलखामा बिक्रीवितरण हुँदै आएको छ ।

दूध उत्पादनभन्दा पनि बाच्छाबाच्छी उत्पादन गरी स्थानीय कृषकको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ फार्म सञ्चालन गरिएको हो । एक सय जनासम्मको समूहमा आबद्ध किसानलाई गौपालनसम्बन्धी तालीम तथा उन्नत जातको घाँस वितरण गरिँदै आएको छ । फार्ममा हाल ६८ मध्ये ३४ लैनु गाई छन् । साँढे, बहर र बाच्छीसमेत गरी हाल फार्ममा ११० गाई रहेको बताइएको छ । फार्ममा २०२ बङ्गुरका पाठापाठी पनि छन् ।

सशस्त्र द्वन्द्वका समयमा खिम्ती पशुफार्ममा रहेका सम्पूर्ण गाईलाई फुकाएर बाँडचुँड गरिएको थियो । त्यसपछि फार्म खाली भएकाले स्थानीयवासीले जग्गा मिच्ने काम गर्दै आएकाले जोगाउन निकै गाह्रो भएको यादवले बताए । उनका अनुसार एक सय २४ रोपनी क्षेत्रफल रहेको उक्त फार्मको जग्गा जोगाउनका लागि आगामी दिनमा घाँसखेती गर्ने, गाईगोठ सुधार गर्ने, बाच्छाबाच्छी व्यवस्थापन तथा विभिन्न संरचना निर्माणका काममा ध्यान दिने योजना छ ।

स्थानीयवासी पदमकुमारी जिरेलले स्थानीयवासीलाई गाईपालनसम्बन्धी तालीमबाट दूध उत्पादन बढेको र बजारमा बिक्रीवितरण गर्दा आम्दानीको स्रोत बन्दै आएको बताए। गाई फार्म स्वीस सरकारले खोले तापनि नेपाल सरकारले यसलाई प्राथमिकतामा राखी बृहत् बनाउँदै लैजाने हो भने गाई फार्मको केन्द्रका रुपमा दोलखाको जिरीलाई लिन सकिने उनको भनाइ छ ।

सो फार्म २०१४ सालमा स्वीस विकास सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएकोे थियो जसको तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । सो फार्म विसं २०७५ देखि गाई आनुवंशिक स्रोत केन्द्रका रुपमा सञ्चालन गरिँदै आएको छ । विज्ञका अनुसार गाईको दूधमा मान्छेको दूधमा जत्तिकै प्रोटिन पाइन्छ । रासस

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:२९ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...