back
CTIZAN AD

आगलागीबाट बागलुङमा दुई घर जलेर नष्ट

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

744 

shares

२८ कात्तिक, बागलुङ । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

घरमा आगलागी हुँदा ग्यास सिलिण्डरसमेत पड्किएको थियो । कायतको ढुङ्गाको छाना भएको दुईतले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाइ छ । आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए ।

त्यस्तै जैमिनी –१ कुश्मीशेरामा आज बिहान आगलागी हुँदा एक घर जलेको छ । तल्लोबजारको एक गुम्टी पसलमा आगलागी भएको हो । कमल विकले सञ्चालन गरेको घुम्ती पसलमा बिहान करीब ७ बजे आगलागी भएको प्रहरीले चौकी कुश्मिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले जानकारी दिए । आगलागीका कारण विकका पसलमा रहेका तिहारका सामान, लत्ताकपडालगायत सबै जलेर नष्ट हुँदा करीब रु दुई लाख २० हजार बराबरको क्षति भएको उनको भनाइ छ ।

आगोका कारण गुम्टी नजीकै मङ्गल परियारले सञ्चालन गरेको शुभकामना टेलर्सका घरमा पनि क्षति पुगेको छ । घरको माथिल्लो तलामा रहेका लत्ताकपडा, खाद्यान्नसहित सामग्री जलेको प्रहरीले जनाएको छ । विद्युत् चुहिएकै कारण आगलागी भएको हो । आगो स्थानीयवासीको सक्रियतामा कुश्मिसेरामा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको फायर फाइटिङको सहायताले नियन्त्रणमा लिइएको थियो ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:२४ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...