back
CTIZAN AD

महिला डबल लिग भलिबल प्रतियोगिता

वि.सं.२०७३ पुस २६ मंगलवार

1K 

shares

२६ पुस,काठमाडौँ  । सशस्त्र प्रहरी बल (एपिएफ) ले १२ औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा जित हासिल गरेको छ ।

नयाँबसपार्कमा आज भएको खेलमा एपिएफले पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घलाई ३–१ सेटले पराजित गर्दै विजयी भएको हो । एपिएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले गुमाएको थियो । यद्यपि लगातार तीन सेट २५–१२, २५–७ र २५–१५ ले आफ्नो पक्षमा पार्दै ३ अङ्क बट्ल्यो । चार खेल खेलेको एपिएफ चारै खेलमा जित हासिल गर्दै १२ अङ्क जोडेको छ ।

त्यसैगरी आजै भएको अर्को खेलमा पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै विजयी भयो । पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई २५–११, २५–३ र २५–८ को सोझो सेटमा हराउँदै लिगमा पहिलो सफलता हात पा¥यो ।

त्यसैगरी अर्को विभागीय टोली नेपाल आर्मीले न्युडायमण्ड स्पोट्र्स क्लबलाई २५–२२, २५–१७ र २५–१२ को सोझो सेटमा हराउदै तीन अंक जोडेको छ । आर्मीले चार खेलबाट ९ अङ्क बटुलेको छ ।

अर्को खेलमा पनि न्युडायमण्ड स्पोट्र्स क्लबले पराजय बेहो¥यो । उसलाई आयोजक ढोरपाटन स्पोट्र्स क्लबले २५–१५, २५–९ र २५–१९ को सोझो सेटमा हरायो । ढोरपाटन चार खेलबाट ५ अङ्क बनाउन सफल भयो । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार १४:२९ मा प्रकाशित

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...