back
CTIZAN AD

पूर्वप्रम ओलीद्वारा आकासे पुलको उद्घाटन

वि.सं.२०७३ पुस २६ मंगलवार

972 

shares

२६ पुस, दमक । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसद्बाट पारित हुनै नसक्ने दोहो¥याउनुभएको छ ।

झापाको दमकमा निर्मित आकासे पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले तराई र पहाड टुक्र्याउने तथा जाति, भाषा र विभिन्न धर्मावलम्बीबीच अखण्ड ल्याउने कुनै पनि निर्णय स्वीकार गर्न नसकिने बताउनुभयो ।

उहाँले सरकारले लुकिछिपी संसद्मा संविधान संशोधन विधेयक दर्ता गरे पनि त्यो पारित हुन नसक्ने ठोकुवा गर्दै भन्नुभयो–“देशको अहित हुने विषयमा एमाले सहमत हुन सक्दैन् ।”

हालको प्रदेश टुक्र्याएर हिमाल, पहाड र तराईको आत्मीयता भड्काउ गर्ने कसैको कुचेष्टा भए त्यस्तो सपना कसैले नदेख्न उहाँले सुझाउ दिँदै भन्नुभयो–“हिमालदेखि तराईसम्मको भू–भाग टुक्र्याउने कुनै पनि बहाना हामीलाई स्वीकार्य छैन् ।” संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै उहाँले अबको निर्वाचनबाट एमालेको सरकार बन्ने दाबी गर्नुभयो ।

विकासमा कसैले सौदाबाजी गर्नु नहुने भन्नुहँुदै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले ल्याएको विकास निर्माण योजनाले गति लिँदै गएको विचार राख्नुभयो ।

सो अवसरमा पूर्वकानुनमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल, सांसद महेन्द्रकुमारी सुब्बा, झापाका स्थानीय विकास अधिकारी खेमराज ओझालगायतले आकासे पुलको महत्वको विषयमा बोल्नुभएको थियो ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार दमकको मुख्य चौकमा निर्मित सो फलामे पुलको कुल लागत रु एक करोड १४ लाख ४१ हजार ८६३ रहेको छ । जसमा नगरपालिकाको रु ४० लाख ४८ हजार ८६३ र नेपाल सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ७३ लाख दुई हजार ५६२ रहेको छ । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार १४:२६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...