३ मंसिर, काठमाडौं ।फिफा विश्वकप २०२२ कतारका लागि दक्षिण अमेरिकी छनोट अन्तरगत आज पाँच खेलसम्पन्न भएका छन । जसमा अर्जेन्टिना, ब्राजिल, भनेजुएला र इक्यूइडरले जीत हात पारेका छन् ।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई २-० को जित निकाल्दा समुहको शिर्ष स्थानमा रहेको ब्राजिलले पनि उरुग्रेलाई २-० ले नै पराजित गरेको हो । दक्षिण अमेरिकी छनोट अन्तर्गत पेरु विरुद्ध २-० को जीत निकाल्दै अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
अर्जेन्टिनाको जितका लागि खेलको १७औं मिनेटमा निकोलस गोन्जालेजले गोल गरे भने २८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता पहिलो हाफमानै दोब्बर बनाए । छनोट चरणमा अपराजित रहदै आएको अर्जेनटिना ४ खेलमा १० अंक सहित दोस्रो स्थानमा छ भने चारै खेलमा विजयी बनेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
अन्यखेलमा इक्यूइडरले कोलम्बीयालाई ६-० को फराकिलो गोल अन्तरले पराजीत गर्दा भेनेजुएलाले चिलिलाई २-१ गोल अन्तरले पराजीत गरेकाे छ भने पाराग्वय र बोलिभिया २-२ गोलको बरावरीमा रहेर अंक बाँढे ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १२:३७ मा प्रकाशित
























