३ मंसिर, काठमाडौं । माउण्टेन इनर्जी नेपालको साधारण सेयर ९आईपीओ०मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनिको आइपीओमा आजसम्म माग अनुसार आवेदन नपरेको खण्डमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । माउन्टेडले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गरेको छ । सर्वसाधारणले आज बैंकिंग समयसम्म मात्रै कम्पनीको आइपीओा आवेदन दिन पाउनेछन्।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो ।
। यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्। उक्त आईपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
उक्त सेयरमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १२:४१ मा प्रकाशित




























