काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफल सकेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । उनी झण्डै एक घण्टा लामो छलफलपश्चात बालुवाटार फर्किएका हुन् ।
पार्टीभित्रको आन्तरिक विवादबारे परामर्श लिन ओली बिहान १० बजे शितल निवास छिरेका थिए । उनी यसअघि मंगलबार राति १० बजे पनि शीतल निवास पुगेका थिए।
पार्टीभित्रको आन्तरिक विवाद बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग बारम्बार भेट गर्ने गरेका छन्। पछिल्लो सचिवालय बैठकपश्चात मात्रै उनले ३ पटक भण्डारीसँग भेटेरै परामर्श लिएका छन् ।
ओली फर्किएसँगै नेकपाको सचिवालय बैठक पनि निर्धारित समयमा बस्ने भएको छ । जनाइएअनुसार बैठक निर्धारित समय १ बजेदेखि नै बालुवाटारमा बस्नेछ ।
यसअघि ओलीले बैठक सार्नको लागि मन्त्रिपरिषदको बैठक पनि सँगै बोलाएका थिए । तर, शितल निवास पुगे लगत्तै मन्त्रिपरिषदको बैठक १ घण्टा पछि सारेका छन् ।
सम्बन्धित समाचार
वि.सं.२०७७ मंसिर ३ बुधवार १२:५० मा प्रकाशित






























