काठमाडौँ । बलिउडकी सफल तथा लोकप्रिय नायिका दीपिका पादुकोण तिनवटा चलचित्र बाट निकालिएकी थिइन् ।
अभिनेता शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’ बाट आफ्नो करिअर सुरु गरेकी उनले गएको एक दशकमा बलिउडको टप अभिनेत्रीमा आफूलाई उभ्याउन सफल भएकी छन् । अहिले उनलाई बक्सअफिसको क्विन भन्ने गरिन्छ । उनी अभिनीत प्रायः फिल्म सुपरहिट छन् ।
तर, एक सक्सेसफुल करिअरको बावजूद पनि उनी केही महत्त्वपूर्ण फिल्मबाट निकालिएकी थिइन् उनी आफ्नो बलिउड करिअरको सुरुवात फिल्म ‘सांवरिया’ बाट गर्ने तयारीमा थिइन् । तर, सञ्जय लीला भन्सालीले स्टार किड्सको फर्मूला अपनाउँदै ‘सांवरिया’ मा रणबीर कपूर र सोनम कपूरलाई लञ्च गरे । जसकारण दीपिकाको यो फिल्मबाट डेब्यू हुन सकेन ।
त्यस्तै, केही वर्षपछि भन्सालीले दीपिकासँग लगातार ३ सुपरहिट फिल्ममा काम गरे र उनको करिअरलाई नयाँ उचाईमा र्पुयाए । ‘सांवरिया’ सँगै अभिनेत्री दीपिका यश चोपडाको अन्तिम फिल्म ‘जब तक है जान’ र ‘धूम ३’ बाट पनि निकालिएर उनको ठाउँमा कटरीना कैफलाई लिइएको थियो । यी दुई फिल्ममा कटरीनाले दीपिकालाई रिप्लेस गर्न सफल भएकी थिइन् ।
दीपिका पछिल्लो पटक फिल्म ‘छपाक’ मा देखिएकी थिइन् भने उनको अर्को चलचित्र ‘८३’ प्रदर्शनको पखाईमा छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १२:३४ मा प्रकाशित






























