back

पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम

वि.सं.२०७३ पुस २७ बुधवार

711 

shares
IME Limited
NTC AD

२७ पुस,वीरगन्ज। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा जिल्लाका चारवटा गाविस विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटारमा सञ्चालन भएको छ ।

कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप सञ्चालित सो परिरयोजनाअन्तर्गत पहिलो चरणमा पाँचसय हेक्टर क्षेत्रफललाई लक्षित गरी कार्यक्रम सञ्चालन भएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले बताउनुभयो ।

सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सरकारी खेतीलाई लक्षित गरी सरकारले पचासी प्रतिशत अनुदान दिनेछन् भने १५ प्रतिशत लगानी सरकारी खेती गर्ने समूहगत किसानले आफैँ बेहोर्नेछन् ।

सो कार्यक्रमको मंगलबार वीरगन्जमा उद्घाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई आत्मनिर्भर बनाई आर्थिकरुपमा सबल बनाउने भएकोले बढीभन्दा बढी किसानले यसको फाइदा लिनुपर्ने बताउनुभयो ।

सो कार्यक्रमको अध्यक्षता जिविस पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले गर्नभएको थियो । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०५:५४ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...