back
CTIZAN AD

पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम

वि.सं.२०७३ पुस २७ बुधवार

1K 

shares

२७ पुस,वीरगन्ज। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा जिल्लाका चारवटा गाविस विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटारमा सञ्चालन भएको छ ।

कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप सञ्चालित सो परिरयोजनाअन्तर्गत पहिलो चरणमा पाँचसय हेक्टर क्षेत्रफललाई लक्षित गरी कार्यक्रम सञ्चालन भएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले बताउनुभयो ।

सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सरकारी खेतीलाई लक्षित गरी सरकारले पचासी प्रतिशत अनुदान दिनेछन् भने १५ प्रतिशत लगानी सरकारी खेती गर्ने समूहगत किसानले आफैँ बेहोर्नेछन् ।

सो कार्यक्रमको मंगलबार वीरगन्जमा उद्घाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई आत्मनिर्भर बनाई आर्थिकरुपमा सबल बनाउने भएकोले बढीभन्दा बढी किसानले यसको फाइदा लिनुपर्ने बताउनुभयो ।

सो कार्यक्रमको अध्यक्षता जिविस पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले गर्नभएको थियो । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०५:५४ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...